आज अन्तर्राष्ट्रिय बाल दिवस मनाइदै
308 पटक पढिएको
काठमाडौं । आज अन्तर्राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ देशभर मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष यही मितिमा अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ।
यस वर्षको अन्तर्राष्ट्रिय बाल दिवसको नारा ‘मेरो दिन, मेरो अधिकार’ तय गरिएको छ।
नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ का सबै ४२ धारा कार्यान्वयनमा रहेका छन्। बालबालिकाको सर्वोत्तम हित, जीवन–बचाउ–विकास, पहिचानको संरक्षण, विचार तथा भावनाको कदर, अभिभावकको दायित्व, सामाजिक सुरक्षा, बालश्रम र बेचबिखन रोकथाम, बालमैत्री न्यायलगायत विषयमा नेपालले कानुनी, नीतिगत र संरचनागत व्यवस्थाहरू गरेका छन्।
नेपालले उक्त महासन्धि अनुमोदन गरेको ३३ वर्ष पूरा भइसकेको छ। २०४७ साल भदौ २९ गते नेपालले महासन्धिलाई बिनाशर्त अनुमोदन गर्दै यसको सिद्धान्तअनुसार प्रतिबद्धता जनाएको थियो। यसपछि संविधान, ऐन, नीतिगत व्यवस्था तथा दीर्घकालीन योजनामार्फत बालअधिकार संरक्षणका विषयमा निरन्तर सुधार हुँदै आएको छ।
नेपालको संविधानको धारा ३९ मा बालबालिकासम्बन्धी हक पहिल्याइएकाले बालबालिकाको सर्वोत्तम हितलाई राज्यको प्रमुख नीतिका रूपमा लिइएको छ। बालबालिकासम्बन्धी ऐन, २०७५ लागु भएपछि बाल संरक्षण, न्याय र पुनःस्थापनासम्बन्धी कार्य अझ स्पष्ट र प्रभावकारी बनेको छ।
बालअधिकार प्रवर्द्धनका लागि संघ, प्रदेश र स्थानीय तहमा छुट्टाछुट्टै संयन्त्र गठन गरिएको छ। अन्तर्राष्ट्रिय विकास साझेदार, नागरिक समाज, निजी क्षेत्रलगायतका क्षेत्रसँग सहकार्य गर्दै बालमैत्री कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार घोषणा, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि तथा बालश्रमसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महासन्धि समेत नेपाल पक्षधर रहेको अन्य महत्वपूर्ण कागजातहरू हुन्। यद्यपि, बाल अधिकार महासन्धि–१९८९ बालअधिकारको मूल आधारका रूपमा मानिन्छ।
नेपालले सन् १९९० सेप्टेम्बर १४ मा महासन्धि अनुमोदन गरेको दिनलाई स्मरण गर्दै भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने निर्णय गरेको थियो। त्यसयता नेपालभर उक्त दिनलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाउने चलन कायम छ।








Heyy, pak92 is quite fun when bored. Decent amount of playtime. Give it a go with: pak92
https://shorturl.fm/qCck2