सीता माया गुरुङ ३१ प्रेरणादायी महिला जनप्रतिनिधिमध्ये एक
587 पटक पढिएको
धादिङ। शी लिड्स आइकनको दोस्रो संस्करण यही पुस १८ गतेदेखि २२ सम्म काठमाडौंमा सम्पन्न हुने भएको छ।
राजनीतिमा महिला, महिला स्वास्थ्य, उद्यमशीलता र किशोरी सशक्तीकरणका क्षेत्रमा ४ वर्ष देखि कार्यक्रम तथा वकालत गर्दै आएको कल्प इम्पावर वेमेन नेपालले तीन दिने महिला उत्सव आयोजना गर्न लागको हो ।
शी लिड्स आइकनस्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरू (प्रमुख/उपप्रमुख) सुकर्मलाई सञ्चार गर्ने हेतुले आयोजना गरिएको कार्यक्रम हो।२०८१ साल पौष १९ गते काठमाडौँमा शी लिड आईकन पहिलो संस्करण भएको थियो ।
शि लिड्स आइकन दोस्रो संस्करणले धादिङको नेत्रावती डवजोङ गाँपालिकाको उपाध्यक्ष सीतामाया गुरुङ सहित देशभरका प्रेरणादायी ३१ महिला जनप्रतिनिधि छनौट गरेको छ ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिकाकी उपाध्यक्ष सीता माया गुरुङ स्वास्थ्य, शिक्षा र महिला सशक्तीकरणमा सक्रिय नेतृत्वका कारण चर्चामा छिन्। २०५७ सालदेखि राजनीतिमा सक्रिय उनले उपाध्यक्ष बनेपछि पाँच बेडको अस्पताल सञ्चालन, विशेषज्ञ तथा घुम्ती स्वास्थ्य सेवा, सबै सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा, साइबर तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रमजस्ता पहल अघि सारिन्।
बाल्यकाल भारतको आर्मी स्कुलमा बिते पनि १४ वर्षमै विवाह भएपछि उनका धेरै सपना अधुरै रहे। तर छोरीसँगै पढ्दै उनले शिक्षा जारी राखिन्। तीन छोरी अहिले नर्सिङ अध्ययनरत छन्। गाउँमा खानेपानी सञ्जाल विस्तार, लिफ्टिङ योजना र सडक–ढल निर्माणमा पनि उनको भूमिका सक्रिय छ।
३०० महिलालाई उद्यमी बनाउने योजनासहित ढाका, गलैँचा, मौरीपालन, बाख्रापालन र कागती–सुन्तला खेतीलाई पकेट क्षेत्र घोषणा गरिएको छ। न्यायिक समितिकी संयोजकका रूपमा उनले घरेलु हिंसा र विवाद समाधानमा प्रभावकारी भूमिका खेलेकी छन्।
उपाध्यक्षका रूपमा उनी शक्तिशाली निर्णयकर्ता बनेकी भन्दै महिलाको क्षमताबारे धारणा बदलिनुपर्ने उनी बताउँछिन्। शि लिड्स आइकन दोस्रो संस्करणले उनलाई देशभरका प्रेरणादायी ३१ महिला जनप्रतिनिधिमध्ये एकका रूपमा छनोट गरेको छ।








Alright Mexgana, I’m giving you a try! The initial bonuses look promising. I’ll be back with an update once I’ve had a chance to play a bit more. ¡Vamos a ver qué tal! mexgana
https://shorturl.fm/DSD0d