मैदीस्थित संस्कृत मा.वि.मा दुई अक्षयकोष स्थापना

260 पटक पढिएको

७ मंसिर २०८२, आईतवार १९:४२ सम्पादक: धादिङ न्यूज

धादिङ- शिक्षासेवी तथा समाजसेवी वीरबहादुर श्रेष्ठ र पूर्णमाया श्रेष्ठले तुलादानबाट संकलित रकममध्ये केही थप रकम समेत मिलाएर रएक लाख एक हजारको अक्षयकोषसंस्कृत माध्यमिक विद्यालय, मैदीमा स्थापना गरिदिएको छ।

यस्तै, सोही विद्यालयका पूर्व शिक्षक, सामाजिक अभियन्ता तथा शिक्षासेवी बोध नारायण श्रेष्ठ र उहाँको परिवारजनले स्वर्गीय पिता खड्ग नारायण श्रेष्ठको स्मृतिमा एक लाख एघार हजार एक सय एघारको अक्षयकोष स्थापना गर्ने कार्य सुरु गरेका छन्। यस अक्षयकोषबाट विद्यालयका असहाय तथा जेहेन्दार छात्र–छात्रालाई छात्रवृत्ति प्रदान गरिने व्यवस्था हुनेछ।

विद्यालय परिवारले अक्षयकोष स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने  बोध नारायण श्रेष्ठका धर्मपत्नी, छोरा–छोरी, नाति–नातिना, दाजु–भाइ तथा इष्ट–मित्रहरू लगायत सबै सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा व्यक्त गरेको छ।