धादिङका नयाँ प्रहरी प्रमुख एसपी सुमित खड्कालाई उद्योग बाणिज्यको स्वागत

607 पटक पढिएको

८ मंसिर २०८२, सोमबार १४:०३ सम्पादक: धादिङ न्यूज

धादिङ। धादिङ उद्योग वाणिज्य संघको आयोजनामा जिल्ला प्रहरी कार्यालय धादिङमा भर्खरै सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काको सम्मानमा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

मंसिर ८ गते सोमबार संघका अध्यक्ष रामकुमार डल्लाकोटीको अध्यक्षतामा संघको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै एसपी खड्काले उद्योग–वाणिज्यसँग सम्बन्धित विषयमा आफू सुसूचित रहेको उल्लेख गर्दै आगामी दिनमा धादिङको उद्योग–वाणिज्य क्षेत्रको विकास र प्रवर्द्धनमा प्रहरीले पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले एसपी खड्काको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै आतिथ्य स्वीकार गरेकोमा धन्यवाद ज्ञापन गरे।

सो कार्यक्रममा धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल, उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।