दार्खामा मंसिर २६–२७ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने
349 पटक पढिएको
धादिङ -अन्तर्राष्ट्रिय धादिङ समाजले मंसिर २६ र २७ गते धादिङको खनियाबास–४, दार्खास्थित खनियाबास ग्रामीण अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
शिविर मंसिर २६ गते बिहान ९ देखि साँझ ५ बजेसम्म तथा मंसिर २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ।
शिविरमा जनरल फिजिसियन, महिला रोग, दन्त (डेन्टल) र हड्डी–जोर्नी विशेषज्ञहरूले सेवा प्रदान गर्नेछन्।
कार्यक्रम धादिङ समाज अमेरिकाको सहकार्य र मनमोहन मेमोरियल मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजना हुँदैछ। खनियाबास गाउँपालिका, डेपिन धादिङ तथा स्थानीय स्वयंसेवी समूहहरूको साथ रहनेछ।
अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खनालका अनुसार ग्रामीण बस्तीका नागरिकलाई घरमै नजिक विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।
महासचिव बाबुकाजी भण्डारीले यो पहलले खनियाबास तथा आसपासका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका छन्।








Stumbled across 677betcom the other week. Gotta say, I was pleasantly surprised. The selection of games is solid and the site runs smoothly. Have a peek yourself at 677betcom.
https://shorturl.fm/OhL5Z
https://shorturl.fm/5Rc78
https://shorturl.fm/p0RVc
https://shorturl.fm/MUVup