नीलकण्ठ– ८ का पूर्व वडा अध्यक्ष र उनका छोराविरुद्ध जबरजस्ती करणी उद्योग जाहेरी दर्ता

1307 पटक पढिएको

९ मंसिर २०८२, मंगलवार १९:४७ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–८ का पूर्व वडा अध्यक्ष र उनका छोराविरुद्ध जबरजस्ती करणी उद्योगसहितका जाहेरी दर्ता भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ६५ वर्षीय पूर्व वडा अध्यक्ष र उनका ४० वर्षीय छोरामाथि जबरजस्ती करणी उद्योग, ज्यानमार्ने उद्योग र अभद्र व्यवहारसम्बन्धी जाहेरी दर्ता गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिए।

प्रहरीका अनुसार घटनामा संलग्न भनिएका व्यक्तिहरूमध्ये छोराले एक महिलामाथि जबरजस्ती करणी उद्योग गर्न खोजेको र पीडितले गुहार मागेपछि स्थानीयको सहयोगमा उद्धार गरिएको थियो। त्यही क्रममा बाबुले पीडितलाई कुटपिट गर्दै छोरालाई साथ दिएको आरोप पीडित पक्षले लगाएको प्रहरीको भनाइ छ।

घटनापछि पीडितको धादिङ अस्पतालमा उपचार गरिएको छ।
पीडितले दिएको जाहेरीका आधारमा दुवैजनालाई सोमबारै प्रहरीले नियन्त्रणमा लिएर मंगलबार जिल्ला अदालतमा पेश गरेको थियो। अदालतले उनीहरूलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ।


Alright, so I’ve been messing around with ht7777site. It’s not bad at all. The design is pretty good. If you’re looking for something fun, give it a spin! More info at: ht7777