डिजेल र मट्टितेलको मूल्य घट्यो

198 पटक पढिएको

१४ मंसिर २०८२, आईतवार २०:४२ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको खुद्रा मूल्य घटाएको छ। भारतबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँ ४४ पैसाले कमी आएपछि निगमले उपभोक्तामुखी समायोजन गर्दै डिजेल र मट्टितेल दुवैको खुद्रा मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो।

यता, हवाई इन्धनको मूल्य भने बढेको छ। भारतबाट प्राप्त मूल्य वृद्धि अनुसार आन्तरिक उडानका लागि हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ ६२ पैसाले बढेपछि निगमले आन्तरिकतर्फ प्रति लिटर ६ रुपैयाँले वृद्धि गरेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि हवाई इन्धनको मूल्य काठमाडौँमा प्रति किलोलिटर अमेरिकी डलर ४२ ले बढाइएको निगमले जनाएको छ।

पेट्रोल र एलपी ग्यासको खुद्रा मूल्य भने यथास्थानमा राखिएको छ।