वागेश्वरी बहुउद्धेश्यिय सहकारीको साधारण सभा तथा ९औँ अधिवेशन शनिवार सम्पन्न
274 पटक पढिएको
धादिङ-धादिङको मलेखुमा रहेको श्री बागेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लि को २५औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशन शनिवार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष एकराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ रहन भएको थियो । कार्यक्रममा गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला विसुराल,, धादिङ जिल्ला सहकारी संघका अध्यक्ष रङ्ग थपलिया, सहकारी अभियन्ता कमलराज कडेल, सानाकिसान सहकारीका अध्यक्ष पहलमान श्रेष्ठ, बेनिघाट रोराङ गाउँपालिका वडा नंम्बर १ का अध्यक्ष श्री जीवनकुमार तामाङ, गजुरी गाउँपालिका वडा नंम्बर १ का अध्यक्ष तारा भण्डारी २ का अध्यक्ष द्रोणप्रसाद कडेल लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी सहकारीका सम्पूर्ण शेयर सदस्यहरू, पूर्व सञ्चालक समिति सदस्यहरू तथा कर्मचारीहरूको सहभागितामा वार्षिक साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो।
अधिवेशनबाटले एकराज पाण्डेको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ ।
यसै गरी सचेतन बहुउद्देश्यीय सहकारी संस्था लि., सिद्धलेक–२, धादिङको वार्षिक साधारण सभा मिति २०८२/०९/१२ गते नलाङ कफिडाँडामा सम्पन्न भएको छ।








Pixbet4, a galera tá falando que é rapidinho pra sacar! Isso me animou, viu? Vou testar e ver se a fama é verdadeira! Se liga aqui: pixbet4
Check it out 555ugbet, their community made it a very welcoming place. Get involved at this site: 555ugbet.