अनलाइन मिडिया सोसाइटी धादिङको प्रारम्भिक साधारण सभा आयोजना हुँदै
581 पटक पढिएको
धादिङ- धादिङ जिल्लामा सञ्चालन भईरहेका अनलाइन मिडियाका व्यवसायिक हकहितका लागि अनलाइन मिडिया सोसाइटीले आफ्नो प्रारम्भिक साधारण सभा आयोजना गर्ने भएको छ ।
कार्यक्रम पुस १६ गते बुधबार धादिङ उद्योग वाणिज्य संघको सभा हलमाआयोजना गरिएको अनलाइन मिडिया सोसाईटी धादिङले जनाएको छ ।
अनलाइन मिडियालाई एकीकृत र सङ्गठित गर्दै सञ्जालको गठन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कानुन बमोजिम मान्यता प्राप्त र दर्ता प्रक्रियामा रहेका सबै मुख्य सञ्चालकहरूको अनिवार्य उपस्थिती का लागि सोसाईटीले आग्रह गरेको छ ।
सञ्जालले जिल्लाभर अनलाइन पत्रकारिताको व्यावसायिक गुणस्तर र क्षमता अभिवृद्धि, सूचना प्रविधिमा आएका नवीनतम उपकरणको प्रयोगमा पत्रकारलाई प्रशिक्षण, दर्ता र नवीकरण प्रक्रियामा सहजीकरण, र न्यायोचित विज्ञापन वितरण सुनिश्चित गर्ने काममा पहल गर्ने जनाएको छ।








Looking for a reliable Sv388 link? Sv388link seems legit. Got me where I needed to go without any hassle. If you need it, here it is: sv388link
https://shorturl.fm/PkdzE
https://shorturl.fm/pqBEe