आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
317 पटक पढिएको
काठमाडौं — आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।
नेपाली कांग्रेस तथा यसका भ्रातृ–शुभेच्छुक संस्थाले दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरेका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले राष्ट्रियता, एकता र लोकतन्त्रको रक्षा गर्न आठ वर्षको निर्वासित जीवन त्यागी २०३३ साल पुस १६ गते स्वदेश फर्किएको स्मरणमा यो दिवस मनाइन्छ।
भारत निर्वासनमा रहँदा सिक्किम विलयलगायत क्षेत्रीय घटनाबाट राष्ट्रिय अस्तित्व कमजोर हुन सक्ने खतरा देखेर बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति अघि सारेका थिए। स्वदेश फर्किएलगत्तै उनीसहित गणेशमान सिंहलगायत नेताहरू पुनः सुन्दरीजलमा बन्दी बनाइएका थिए।
सुन्दरीजल बन्दीगृहमा रहँदा बीपी कोइरालाले ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘श्वेतभैरवी’ लगायत महत्वपूर्ण साहित्यिक कृतिहरू सिर्जना गरे। सो बन्दीगृहलाई २०६१ सालमा बीपी सङ्ग्रहालयका रूपमा रूपान्तरण गरिएको छ।
राष्ट्रिय एकता, लोकतन्त्र र मेलमिलापको सन्देश बोकेको यो दिवस आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ।








Heard about rr86 from a friend. Looks promising, like a cool place to chill. Anyone got any good stories about it? Check it out: rr86
Hey football fans, I saw 188bet88betbongda. I had to take a shot, seems great. Give it a spin. 188bet88betbongda.
https://shorturl.fm/4geoj
https://shorturl.fm/usFK1