आज राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै
666 पटक पढिएको
काठमाडौं । आज अङ्ग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिन १३औँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस तथा राष्ट्रिय पोशाक दिवस देशभर तथा विदेशमा रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमका साथ मनाउँदै छन्।
“मेरो शान, मेरो पहिचान–राष्ट्रिय पोशाक संरक्षण अभियान” भन्ने नारासहित मनाइँदै आएको टोपी दिवस पश्चिमी संस्कृतिको बढ्दो प्रभावका बीच नेपाली पहिचान जोगाउने उद्देश्यले सुरु गरिएको हो। केही युवाको पहलमा २०७० सालदेखि हरेक वर्ष जनवरी १ लाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवस का रूपमा मनाउन थालिएको हो।
नेपाल बाहिर रहेका नेपाली तथा नेपालीभाषी समुदायले पनि यस अवसरमा नेपाली टोपी लगाएर कार्यक्रम आयोजना गर्ने गरेका छन्। नेपाली टोपीको ऐतिहासिक सम्बन्ध बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत तथा पाल्पासँग जोडिने गरेको पाइन्छ।
विशेष गरी भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा चिनिने गरिए पनि नेपालका विभिन्न समुदायले आफ्नै पहिचान झल्किने परम्परागत टोपी प्रयोग गर्दै आएका छन्।
यस अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले यस वर्ष पनि विशेष कार्यक्रम आयोजना गरेको छ। प्रतिष्ठानका अनुसार आज बिहान ८ बजेदेखि पञ्चेबाजासहित बसन्तपुर दरबार क्षेत्रमा प्रभातफेरि आयोजना गरिनेछ। साथै, दिउँसो २ बजेदेखि ५ बजेसम्म नेपाल पर्यटन बोर्डको सभाहलमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको संस्थापक तथा कार्यक्रम अध्यक्ष राजानन्द माण्डव्यले जानकारी दिएका छन्।








Popbra RTP, eh? So, we’re talkin’ slots, are we? Gotta see if those RTPs are juicy enough to spin! Don’t wanna waste my money on tight machines. popbra rtp
https://shorturl.fm/fuIv4
https://shorturl.fm/Hg2et