धादिङ क्षेत्र नं. १ : एमालेले प्रतिनिधि सभा उम्मेदवारका लागि सात नाम सिफारिस

1888 पटक पढिएको

१८ पुष २०८२, शुक्रबार २१:४१ सम्पादक: धादिङ न्यूज

धादिङ – नेकपा (एमाले)ले धादिङ क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सात जनाको  नाम सिफारिस गरेको छ।

शुक्रबार बसेको क्षेत्रीय समन्वय कमिटीको दोस्रो पूर्ण बैठकले दीपक खतिवडा, जगन्नाथ नेपाल, गजेन्द्र थपलिया, मिनराज कडेल, कपिल अधिकारी, भूमि त्रिपाठी र कमला शर्मालाई सिफारिस गरेको हो।

बैठक क्षेत्रीय समन्वय कमिटी संयोजक प्रेमनाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो भने नवनिर्वाचित केन्द्रिय सदस्य खेम प्रसाद लोहनी र भूमि त्रिपाठीले सम्वोधन गर्नुभएको थियो।

उल्लेखनीय छ, एमालेको बलियो जनाधार रहेको यस क्षेत्रमा गत निर्वाचनमा भूमि त्रिपाठी पराजित भएका थिए। २०७९ मा त्रिपाठी नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेसँग ७,९८१ मतान्तरले पराजित भएका थिए। सो चुनावमा पाण्डेले ३५,९३४ मत पाएका थिए भने त्रिपाठीले २७,९५३ मत ल्याएका थिए।

उम्मेदवारीमा दावी गरेका सुनिल तामाङ र विष्णु श्रेष्ठले दावी फिर्ता लिएको बैठकमा सहभागी एमालेका नेताले जानकारी दिए । क्षेत्रबाट गरिएको सिफारिस जिल्ला हुंदै केन्द्र पठाईने बताईएको छ ।