आजदेखि स्वस्थानी व्रत तथा माघस्नान सुरु
315 पटक पढिएको
काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत तथा माघस्नान आजदेखि सुरु भएको छ।
पौष शुक्ल चतुर्दशीका दिन हात–गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र धारण गरेर व्रतको सुरुआत गरिन्छ। एक महिनासम्म बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गर्ने र बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यसम्बन्धी स्वस्थानी व्रत कथा सुन्ने–सुनाउने परम्परा छ।
माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता, फलफूल, धूप, बत्ती, नैवेद्य, वस्त्रलगायत सामग्री चढाई व्रत समापन गरिन्छ। चढाइएका प्रसादमध्ये निश्चित विधिअनुसार पवित्र नदीमा अर्पण गर्ने चलन छ। व्रत अवधिभर फलाहार गरी रातमा जाग्राम बस्ने र देवीको माहात्म्य श्रवण गर्ने धार्मिक परम्परा रहिआएको छ।
धर्मशास्त्रअनुसार स्वस्थानीको अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ। उत्तरायणपछिको समय ध्यान, योग र साधनाका लागि उपयुक्त मानिएकाले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको अवधिलाई विशेष महत्व दिइन्छ। स्कन्द पुराणमा स्वस्थानी देवीलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी र चार हात भएकी देवीका रूपमा वर्णन गरिएको छ।
स्वस्थानी व्रत गरेमा मनोकामना पूरा हुने, रोगव्याधि निको हुने र बिछोड भएका जोडीको पुनर्मिलन हुने धार्मिक विश्वास छ। सत्ययुगमा पार्वतीले महादेवलाई पति पाउन स्वस्थानी व्रत गरेको कथा समेत स्वस्थानीमा वर्णन गरिएको छ।
यस अवसरमा आजदेखि एक महिनासम्म काठमाडौँ उपत्यकाको उत्तरपूर्वी क्षेत्रमा रहेको साँखुस्थित शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्ने गर्दछ। माघ महिनामा यहाँ स्नान गरी माधवनारायणको दर्शन गरे पाप पखालिई पुण्य प्राप्त हुने विश्वास छ। प्रत्येक वर्ष लाखौँ भक्तजन शालीनदीमा आउने गर्दछन्।
व्रतालुका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ। व्रतालु आज बेलुकादेखि नै साँखुमा बास बस्न आउने र माधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रतविधि सुरु हुने जनाइएको छ।








mu99app, another one to try! Lots of options out there, gotta find the one that hits right. Let’s download and see what’s up. Check it out yourself at mu99app!
Finding a reliable link to W88 can be a hassle. linhvaow88 appears to be a pretty straightforward solution. Hopefully, keeps me connected! This takes you to linhvaow88.