थोपल खोलामा शव फेला, करेन्ट लगाएर हत्या गरिएको परिवारको आरोप

509 पटक पढिएको

२२ पुष २०८२, मंगलवार २१:०९ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–१ बैरेनीस्थित थोपल खोलामा एक जना पुरुषको शव फेला परेको छ। मंगलबार दिउँसो खोलामा डुबिरहेको अवस्थामा ४० वर्षीय नन्दबहादुर नेपालीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार नन्दबहादुर आइतबार राति माछा मार्न थोपल खोला गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनी छरछिमेकी, साथीभाइ र छोरासहित ९ जना करेन्ट लगाएर माछा मार्न गएको र सोही क्रममा उनलाई करेन्ट लागेर मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपालको पहलमा नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार (चितवन)बाट खटिएको गोताखोर टोलीले मंगलबार दिउँसो करिब २ः३० बजे घटनास्थलभन्दा करिब एक सय मिटर तल खोलामा डुबिरहेको अवस्थामा नन्दबहादुरको शव निकालेको हो।

तर मृतकका परिवारले घटनाप्रति शंका व्यक्त गरेका छन्। मृतककी छोरी सन्ध्या नेपालीले बुबाको मृत्यु आफैं करेन्ट लागेर नभई अरूले करेन्ट लगाएर हत्या गरेको आरोप लगाएकी छन्। सँगै माछा मार्न गएका व्यक्तिहरू फर्किए पनि बुबा वेपत्ता भएपछि शंका लागेको उनले बताइन्। उनका अनुसार आइतबार राति करिब ९ बजे बुबा करेन्ट लागेर घाइते भएपछि थप करेन्ट लगाएर सँगै गएकाहरूले हत्या गरेको हुन सक्ने आशंका छ।

घटना शंकास्पद देखिएकाले मृतकसँगै माछा मार्न गएका सात जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिए।


DR88US is alright if you’re after something a little different. They have a fair few games I hadn’t seen before. Worth a look if you’re bored of the same old. See whats up dr88us