धादिङमा निर्वाचन प्रहरी भर्ना खुला, २ हजार १०४ जनाका लागि दरखास्त आह्वान
471 पटक पढिएको
धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धादिङ जिल्लामा निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको छ। निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समिति (धादिङ) ले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत गरी कुल २ हजार १०४ जना निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरेको हो।
समितिका अनुसार नेपाल प्रहरीतर्फ २ हजार २५ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ ७९ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ। नेपाल सरकार, गृह मन्त्रालयबाट स्वीकृत “निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि–२०८२” अनुसार भर्ना प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २०८२ पुस २५ गतेदेखि माघ १ गतेसम्म जिल्ला प्रहरी कार्यालय धादिङ परिसरमा कार्यालय समयभित्र स्वयम् उपस्थित भई दरखास्त दिन सक्नेछन्। सार्वजनिक बिदाका दिनहरूमा दरखास्त प्रक्रिया स्थगित रहनेछ।
निर्वाचन प्रहरीमा भर्ना हुनका लागि आवेदक नेपाली नागरिक, साधारण लेखपढ गर्न जान्ने, १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, तथा शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्ने मापदण्ड तोकिएको छ। साथै, पुरुष र महिलाका लागि न्यूनतम उचाइ तथा तौलसम्बन्धी मापदण्डसमेत निर्धारण गरिएको छ।
छनौट प्रक्रिया २०८२ माघ ५ गतेदेखि माघ ९ गतेसम्म जिल्ला प्रहरी कार्यालय धादिङ परिसरमै सञ्चालन हुनेछ। छनौट प्रक्रियाबाट उत्तीर्ण उम्मेदवारहरूको अन्तिम नतिजा माघ १२ गते सार्वजनिक गरिनेछ। छनौट भएका निर्वाचन प्रहरीलाई माघ १५ गतेदेखि माघ २४ गतेसम्म तालिम प्रदान गरिने तालिका रहेको छ।
निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि ४० दिन रहनेछ। सेवा सुविधाअन्तर्गत प्रतिदिन तलब, खाजा खर्च, पोशाक भत्ता, आउजाउ तयारी खर्च तथा खाद्यान्न वापतको रकम सम्बन्धित व्यक्तिको व्यक्तिगत बैंक खातामा उपलब्ध गराइने व्यवस्था गरिएको छ। कर्तव्य पालनको क्रममा घाइते वा मृत्यु भएमा नेपाल सरकारबाट तोकिएबमोजिम क्षतिपूर्ति प्रदान गरिनेछ।
भर्नासम्बन्धी थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा सम्पर्क गर्न सकिने निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समितिले जनाएको छ।








https://shorturl.fm/D4Zkz
Alright, folks. I decided to try my luck with win888vip. Gotta say, the VIP treatment is pretty sweet! I got some extra perks and the customer support was top-notch. If you’re looking to level up your online gaming experience, this might be the place for you. Find out more: win888vip!