लुम्बिनी लोकसेवाले खोल्यो सहायक स्तर पाँचौँ तहका विभिन्न पद
265 पटक पढिएको
काठमाडौँ । लुम्बिनी प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवातर्फ सहायक स्तर पाँचौँ तह (प्राविधिक तथा अप्राविधिक) का विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।
आयोगले सूचना नं. १७२/०८२–०८३ अनुसार प्रदेश निजामती सेवा ऐन, २०८० तथा स्थानीय निजामती सेवा ऐन, २०८१ बमोजिम प्रदेश सरकारअन्तर्गतका विभिन्न मन्त्रालय तथा स्थानीय तहहरूमा आवश्यक जनशक्ति पूर्तिका लागि अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा मार्फत पदपूर्ति गर्न लागेको हो। उक्त विज्ञापन आज प्रकाशित गरिएको आयोगले जनाएको छ।
विज्ञापनअनुसार सेवा, समूह र उपसमूहअन्तर्गत सहायक स्तर पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदहरूमा तोकिएको योग्यता पुगेका उम्मेदवारहरूबाट विद्युतीय (अनलाइन) माध्यममार्फत दरखास्त आह्वान गरिएको छ। इच्छुक उम्मेदवारहरूले आयोगको विद्युतीय दरखास्त प्रणाली [www.ppsconline.lumbini.gov.np] मार्फत आवेदन दिनुपर्नेछ।
आयोगका अनुसार प्रदेश निजामती सेवा तथा स्थानीय निजामती सेवा (प्राविधिक) तर्फका अन्तर तह र समावेशी प्रतियोगितात्मक परीक्षाहरू एकीकृत रूपमा एकै पटक सञ्चालन गरिनेछ। प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूलाई प्राथमिकता क्रमअनुसार सम्बन्धित प्रदेश सरकारका निकाय तथा स्थानीय तहहरूमा नियुक्तिका लागि सिफारिस गरिने व्यवस्था गरिएको छ।
लिखित परीक्षाको माध्यम भाषा नेपाली, अंग्रेजी वा नेपाली र अंग्रेजी दुवै हुनेछ। परीक्षा केन्द्र बुटवल रहनेछ भने परीक्षा मिति, समय तथा स्थानसम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइटमार्फत पछि प्रकाशन गरिने आयोगले जनाएको छ।
दरखास्त दस्तुर प्रतिउम्मेदवार रु. ५०० तोकिएको छ। फरक–फरक पाठ्यक्रम भएका अप्राविधिक पदहरूमा अन्तर तहका लागि पनि खुला सरहकै दस्तुर लाग्नेछ। प्राविधिकतर्फ समान पाठ्यक्रम भएका पदहरूमा अन्तर तह तथा समावेशी समूहअन्तर्गत आवेदन दिने उम्मेदवारले प्रत्येक थप समूह वा पत्रका लागि रु. २०० का दरले अतिरिक्त दस्तुर बुझाउनुपर्नेछ।
आयोगले दरखास्त फाराम भर्दा उम्मेदवारहरूले व्यक्तिगत विवरण शुद्ध रूपमा भर्नुका साथै आफ्नै मोबाइल नम्बर र इमेल ठेगाना अनिवार्य रूपमा उल्लेख गर्न अनुरोध गरेको छ। आवेदन प्रक्रिया सम्बन्धी विस्तृत जानकारी आयोगको वेबसाइटमा उपलब्ध User Manualमा समावेश गरिएको छ।
विज्ञापनसम्बन्धी थप विस्तृत विवरण तथा आगामी सूचनाहरू आयोगको आधिकारिक वेबसाइटमार्फत क्रमशः प्रकाशन गरिने आयोगले जनाएको छ।








Alright Bn55gems, gems sound tempting. Hoping to unearth some winnings here! Wish me luck! Explore precious gems here: bn55gems
0055betlogin is on point! I find myself coming back again and again. Give it a whirl, might be your thing 0055betlogin
Needed some new games and v9gamedownload came through! Good selection and easy downloads. Check them out: v9gamedownload
https://shorturl.fm/Tih0o
Just tried mxwow, and it’s definitely got a cool, modern vibe. The graphics are slick and the user experience is smooth. check out mxwow! mxwow