नेकपा केन्द्रीय सदस्य कुमार पाण्डे रास्वपा प्रवेश, ढुङ्गानाले दुई महिना अघि सदस्यता लिएको खुलासा

439 पटक पढिएको

२ माघ २०८२, शुक्रबार ०९:५३ सम्पादक: धादिङ न्यूज

धादिङ, २,माघ  केही दिनयता सामाजिक सञ्जाल र विभिन्न अनलाइन मिडियामा धादिङका नेकपा केन्द्रीय सदस्य कुमार पाण्डे, डा. सिता ढुङ्गाना र नवराज अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेको खबर सार्वजनिक भएपछि राजनीतिक तहमा चर्चा बढेको छ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा डा. सिता ढुङ्गानाले कुनै प्रतिकृया दिइनन्। तर रास्वपाका स्रोतका अनुसार, यी नेताहरूले केही महिनाअघि नै पार्टीमा औपचारिक सदस्यता लिएका हुन्।ढुंगानाले मात्रै होइन नेकपा एमाले, तत्कालिन एस र माओवादी छाड्ने शर्तमा अरुले पनि सदस्यता लिएको रास्वपाका एक नेताले डिन्यूजलाई जानकारी दिएका छन् । यसरी सदस्यता लिनेमा गजुरीका धेरै जना रहेको पनि ति नेताले दावी गरेका छन् ।

स्रोतका अनुसार, नेकपा एसका केन्द्रिय सदस्य कुमार पाण्डे धादिङ क्षेत्र नम्बर–१ बाट रास्वपाको तर्फबाट प्रत्यक्षतर्फ सम्भावित उम्मेदवारको दाबीकर्ता रहेका छन्। यद्यपि रास्वपाको तर्फबाट यस विषयमा कुनै आधिकारिक प्रतिकृया आएको छैन।वेनिघाट–रोराङका श्रवण त्रिपाठीले सामाजिक सञ्जालमार्फत धादिङ–१ को उम्मेदवार भएको दावी गर्दै प्रचार–प्रसार गरिरहेका छन्।

रास्वपाका एक नेताले भनेका छन् कि, “एकैपटक दुई पार्टीको केन्द्रिय सदस्य बन्ने कुरा सम्भव छैन। सदस्यहरूले आफ्नो लाइन स्पष्ट पार्नु आवश्यक छ। रास्वपामा सदस्य भए पनि अर्का पार्टीको केन्द्रिय सदस्य पद राख्नु स्वीकार्य छैन। यदि उहाँहरूले नेकपाको पद छाड्नुभयो भने पार्टीले जिम्मेवारी दिन तयार छ, अन्यथा सदस्यताबाट हटिने अवस्था आउँछ।”

राजनीतिक रूपमा यो घटनाले धेरै बहस र चर्चा सुरु गराएको छ। डा. सिता ढुङ्गाना र नवराज अर्याल दम्पती हुन्। ढुंगाना २०७४ सालमा नेकपा एमालेबाट गजुरी गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भई पार्टी विभाजनपछि नेकपा एसमा प्रवेश गरेकी थिइन्। पछि उनलाई नेकपाले पनि केन्द्रिय सदस्य बनाएको थियो।

नवराज अर्याल तत्कालिन एस निकट सहकारी संघका केन्द्रिय अध्यक्ष थिए भने कुमार पाण्डे व्यवसायी क्षेत्रका व्यक्ति हुन्। तीनै जना नेताहरू राजेन्द्र पाण्डे निकट मानिन्छन्।


Yo! RS88com is my go-to spot these days. The interface is clean, and the games load fast. Plus, they seem to have some interesting promos running regularly. Give it a whirl from this link: rs88com!