काठमाडौँको न्यूनतम तापक्रम ४.७ डिग्रीमा झर्‍यो

352 पटक पढिएको

४ माघ २०८२, आईतवार ०८:०८ सम्पादक: धादिङ न्यूज

काठमाडौँ – काठमाडौँ उपत्यकामा चिसो बढ्दो क्रममा देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे लिइएको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस रेकर्ड भएको छ।

यसअघि हिजो शनिबार सुरुवाती न्यूनतम तापक्रम ४.९ डिग्री मापन गरिएको थियो भने बिहान ८:४५ बजे थप घटेर ४.३ डिग्रीमा पुगेको थियो। लगातार घट्दो तापक्रमसँगै उपत्यकामा चिसो बढ्दै गएको महाशाखाले जनाएको छ।

मौसमविद्हरूका अनुसार बिहान र राति अत्यधिक चिसो रहने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।