ऋषि धमला पत्रकारिता त्याग्दै राजनीतिमा, रौतहट–४ बाट उम्मेदवारी घोषणा
372 पटक पढिएको
काठमाडौँ । धादिङको ज्यामरुङमा जन्मिएर काठमाण्डौंमा रही लामो समयदेखी पत्रकारितामा सकृय ऋषि धमलाले पेशागत यात्रा अन्त्य गर्दै औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन्। धमला प्रभु साह नेत्तृत्वको आम जनता पार्टीको तर्फबाट ‘मोबाइल’ चुनाव चिन्ह लिएर रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दिन लागेका हुन् ।
धमलाको राजनीतिक यात्राबारे उनकी पत्नी तथा आम जनता पार्टीकी उपाध्यक्ष एलिजा गौतमले सामाजिक सञ्जालमार्फत सार्वजनिक प्रतिक्रिया दिँदै उनको निर्णयप्रति गर्व व्यक्त गरेकी छन्। उनले जनताप्रतिको उत्तरदायित्व र परिवर्तनको चाहनाले धमलालाई राजनीतिमा होमिन प्रेरित गरेको उल्लेख गरेकी छन्।
गौतमले पत्रकारितामार्फत सधैँ सत्य र जनपक्षीय आवाज उठाउँदै आएका धमलाको अनुभव, निर्भीकता र विश्लेषण क्षमता राजनीतिमा पनि प्रभावकारी सावित हुने विश्वास व्यक्त गरेकी छन्। साथै, यो यात्रा कुनै पदका लागि नभई जनसेवाका लागि भएको भन्दै उनले धमलालाई पूर्ण साथ रहने प्रतिबद्धता जनाएकी छन्।
धमला राजनितिमा प्रवेश गरेपछि प्राइम टेलिभिजनबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम अब ऋषि थपलियाले सञ्चालन गर्ने भएका छन् ।








Start profiting from your traffic—sign up today!