सक्सेस एकेडेमीको १५औँ अभिभावक दिवस,शिक्षा, संस्कृति र सम्मानको संगम

1072 पटक पढिएको

९ माघ २०८२, शुक्रबार २१:३३ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर–६, बैरेनीमा रहेको सक्सेस एकेडेमीले शुक्रबार वसन्तपञ्चमीको अवसरमा १५औँ अभिभावक दिवस सांस्कृतिक कार्यक्रमसहित भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेको छ।

कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अभिभावक दिवसको अवसरमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले नृत्य, गायन तथा विविध सांस्कृतिक प्रस्तुतीहरूप्रस्तुत गर्दै आफ्नो प्रतिभा देखाएका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

सक्सेस एकेडेमीका प्रिन्सिपल जगत रिजालका अनुसार, एकेडेमीमा नर्सरीदेखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरूमध्ये वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कारसहित सम्मानगरिएको हो।

एकेडेमीले बद्रीबहादुर कार्कीको नाममा स्थापना गरिएको बद्रीबहादुर कार्की स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार–२०८१ विद्यार्थी आर्नव रेग्मीलाई प्रदान गरेको छ। त्यसैगरी, लोकबहादुर कार्कीको नाममा स्थापना गरिएको लोकबहादुर कार्की स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार–२०८१ विद्यार्थी सञ्जित लामालाई प्रदान गरिएको छ।

त्यसैगरी, लक्ष्मी प्रसाद अधिकारीको नाममा स्थापना गरिएको लक्ष्मी प्रसाद अधिकारी स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार–२०८१ विद्यार्थी सज्ञान रिजाललाई प्रदान गरिएको छ। साथै, लेखनाथ अधिकारीको नाममा स्थापना गरिएको लेखनाथ अधिकारी स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार–२०८१ विद्यार्थी बबिना वस्तीलाई प्रदान गरिएको छ।

एकेडेमी व्यवस्थापन समितिले २०६८ सालबाट हाल सम्म अध्यायपन गराउँदै आएका शिक्षकलाई सम्मान गरेको प्रिन्सिपल जगत प्रसाद रिजालले बताए ।

विद्यालयका प्रधानाध्यापक जगत प्रसाद रिजालका अनुसार, एकेडेमी व्यवस्थापन समितिले २०६८ सालदेखि निरन्तर अध्यापन गराउँदै आएका शिक्षकहरूलाई पनि सम्मान गरेको छ। उहाँले विद्यालयको शैक्षिक गतिविधि, उपलब्धि तथा आगामी योजनाहरूका बारेमा जानकारी गराउँदै गुणस्तरीय शिक्षा नै एकेडेमीको मुख्य प्राथमिकता रहेको उल्लेख गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नम्बर ६ बाहिनी अड्डाका सेनानी प्रथाना भुजेल, एडमार्क एकेडेमी कलेज तथा विज्डम एकेडेमीका अध्यक्ष पुरुषोत्तम अधिकारी, गल्छी गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष दीपक कार्की, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, पत्रकार शिवराज आचार्य, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

समग्रमा कार्यक्रम सौहार्दपूर्ण, अनुशासित र सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।