स्वस्थानी व्रत र माधवनारायण मेला आज समापन हुँदै
278 पटक पढिएको
काठमाडौँ – पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिना लामो स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गरिँदैछ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले घर–घरमा सुरु गरेको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा आधारित यो कथा र व्रतको आज विशेष पूजा आराधना गरी अन्त्य गरिँदैछ। पौष शुक्ल पूर्णिमादेखि मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा आराधना गर्दै आएका भक्तजनहरूले आज आफ्ना मनोकाङ्क्षा पूरा होस् भनी १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फल र १०८ रोटीसहितका सामग्रीहरू चढाएर भगवतीलाई अर्घ दिने प्रचलन छ।
विधिपूर्वक व्रत गरेका वर्तालुहरूले चढाएका प्रसादमध्येबाट आठ–आठ वटा रोटी र फलफूल पतिलाई, पति नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई र त्यो पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा विसर्जन गर्ने धार्मिक विधि रहेको छ। बाँकी सय रोटी वर्तालु आफैँले फलाहार गरी रातभर जाग्राम बसेर देवीको माहात्म्य सुन्ने र सुनाउने गर्दछन्। यसो गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ। स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ भने यसलाई आफ्नो आत्मासँग सम्पर्कको अभ्यास गर्ने साधनाका रूपमा पनि लिइन्छ।
स्वस्थानी देवीलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी र कमलको सिंहासनमा बसेकी चार हात भएकी देवीका रूपमा पूजा गरिन्छ। देवीका चार हातमा नीलकमल, खड्ग, ढाल र वरदमुद्रा रहने कथामा उल्लेख छ। सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पतिका रूपमा पाउन विष्णुको सल्लाहअनुसार यो व्रत बसेको र सफल भएको पौराणिक कथाका कारण पनि यो व्रतको महिमा ठूलो रहेको छ। यो व्रतको प्रभावले बिछोड भएका जोडीहरूको पुनर्मिलन हुने, रोगव्याध निको हुने र पारिवारिक सुख शान्ति मिल्ने विश्वास गरिन्छ।
आजको दिन काठमाडौँको साँखुस्थित शालिनदीमा एक महिनादेखि कठोर व्रत बसिरहेका माधवनारायणका वर्तालुहरूले अश्वमेध यज्ञ गरी व्रत समापन गर्दैछन्। आज मध्याह्नकालपछि पूजा सम्पन्न गरी रात्रिमा जाग्राम बसेर भोलि सोमबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रतको औपचारिक समापन हुनेछ। नेवार समुदायले भने आजको दिनलाई ‘सि पुन्हि’का रूपमा विशेष उत्साहका साथ मनाउने गर्दछन्।








Spin the wheel and try your luck at lucky102game.net! I had a bit of a rocky start but after a couple hours, I started winning big! So glad I tried it out and I encourage ya’ll to give it a go as well! Check out this gaming experience at lucky102game
Hey! Just checked out 222winbet. Seems like a decent spot for some casual fun. Good vibes all around! Check them out here: 222winbet
Tried hh55betlogin to see what its about. The login process was fast, really easy, and the site seems intuitive. Definitely a plus if you are looking for ease of use. Check hh55betlogin out.
such an indepth and professional article, i enjoy it, you can visit my page, the best webdesign agency in dortmund Germany https://webdesignagenturdortmund.de/ top webdesigners. Thank you
such an indepth and professional article, i enjoy it, you can visit my page, the best webdesign agency in dortmund Germany https://webdesignagenturdortmund.de/ top webdesigners. Thank you
Promote, refer, earn—join our affiliate program now!
such an indepth and professional article, i enjoy it, you can visit my page, the best webdesign agency in dortmund Germany https://webdesignagenturdortmund.de/ top webdesigners. Thank you
Join our affiliate family and watch your profits soar—sign up today!