प्रेस काउन्सिलद्वारा धादिङबाट निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रमको शुरुवात

437 पटक पढिएको

१८ माघ २०८२, आईतवार २०:२५ सम्पादक: धादिङ न्यूज

धादिङ-आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रेस काउन्सिल नेपालले धादिङ जिल्लाबाट ‘निर्वाचन आचारसंहिता र मिडियाको भूमिका’ को बारेमा अन्तरक्रिया कार्यक्रमको शुरुवात गरेको छ। धादिङको सदरमुकाम धादिङबेसीमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रमको अध्यक्षता काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले गर्नुभएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्मा, सूचना तथा प्रशारण विभागका महानिर्देशक छविन्द्र पराजुली, धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका साथै प्रेस काउन्सिलका सदस्यहरूको आतिथ्य रहेको थियो।

कार्यक्रममा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न पत्रकारहरूले मर्यादित, जवाफदेही एवं उत्तरदायी पत्रकारिता गर्नुपर्ने विषयमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिलका अध्यक्ष डा. आचार्य, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, काउन्सिलका सदस्यहरू निमा काफ्ले, केशवशरण लामिछाने ,पदमराज जोशी, शन्तराम बिंडारी, नकुल अर्याल लगायतले सहजीकरण गर्नुभएको थियो।कार्यक्रममा जिल्लामा मिडिया र पत्रकारको अवस्थाका बारेमा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्षले जानकारी गराउनु भएको थियो ।

जिल्लामा क्रियाशील पत्रकार, सरकारी कर्मचारी लगायतको सहभागिता रहेको कार्यक्रममा प्रतिनिधि सभाको निर्वाचनको समय रहेको वर्तमान अवस्थामा पत्रकारले पत्रकार र निर्वाचन आचारसंहितामैत्री भई सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शर्माले समाचार सम्प्रेषण गर्दा पत्रकार र निर्वाचन आचारसंहिताको पालना गर्नुपर्ने बताउनुभयो। उहाँले समाचार सम्प्रेषण गर्दा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै पत्रकारको कर्तव्य भएको उल्लेख गर्दै पत्रकारले सन्तुलित एवम् सत्यतथ्य सूचना प्रवाह गरी निर्वाचनलाई सफल बनाउन भूमिका खेल्नुपर्ने बताउनुभयो।

काउन्सिलका अध्यक्ष डा. आचार्यले सञ्चार माध्यम सूचना प्रवाहको संवाहक भएको बताउँदै सही र सत्य समाचार सम्प्रेषण गरी पत्रकारिताको व्यावसायिक धर्म निर्वाह गर्न पत्रकारहरूलाई आग्रह गर्नुभएको थियो। काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले काउन्सिलले मिडियालाई मात्र नभई मिडियाको सामाजिक सञ्जालको पनि नियमन, अनुगमन भइरहेको र कतिपय अवस्थामा सामाजिक सञ्जालमा एकदमै भाइरल भएका सामग्रीहरू पनि अनुगमन भइरहेको जानकारी गराउनुभयो।


Heard a whisper, ’88 go’? Seems that you have to have an account to play and have a lot of fun. Why not get on board? Go on…get on 88 go: 88 go