धादिङमा २ लाख ७५ हजार बढी मतदाता: नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै (सूचीसहित)
328 पटक पढिएको
धादिङ २४, माघ। आगामी निर्वाचनको तयारी र मतदाता अद्यावधिक गर्ने क्रमसँगै धादिङ जिल्लाको पछिल्लो मतदाता संख्या सार्वजनिक भएको छ। जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार धादिङ जिल्लाका १३ वटा स्थानीय तहमा गरी कुल मतदाताको संख्या २ लाख ७५ हजार २ सय ८० पुगेको छ।
जिल्लाको सदरमुकाम समेत रहेको नीलकण्ठ नगरपालिकामा सबैभन्दा बढी मतदाता रहेका छन् भने रुबीभ्याली गाउँपालिकामा सबैभन्दा कम मतदाता रहेका छन्। नीलकण्ठमा ४५ हजार ३ सय १६ मतदाता रहेका छन् भने रुबीभ्यालीमा यो संख्या ९ हजार २ सय ७२ मात्र रहेको छ।
जिल्लाका अन्य प्रमुख पालिकाहरू थाक्रे गाउँपालिकामा २७ हजार ७ सय २५ र धुनीबेसी नगरपालिकामा २६ हजार ७ सय ६ मतदाता रहेका छन्।
स्थानीय तह अनुसारको विस्तृत विवरण तलको तालिकामा हेर्नुहोस्:
| क्र.सं. | स्थानीय तहको नाम | मतदाता संख्या |
| १ | नीलकण्ठ नगरपालिका | ४५,३१६ |
| २ | थाक्रे गाउँपालिका | २७,७२५ |
| ३ | धुनीबेसी नगरपालिका | २६,७०६ |
| ४ | ज्वालामुखी गाउँपालिका | २२,४९३ |
| ५ | गल्छी गाउँपालिका | २१,३३२ |
| ६ | बेनीघाट रोराङ गाउँपालिका | २१,२६१ |
| ७ | त्रिपुरासुन्दरी गाउँपालिका | २०,७२० |
| ८ | सिद्धलेक गाउँपालिका | २०,६७३ |
| ९ | गजुरी गाउँपालिका | १८,९८९ |
| १० | गंगाजमुना गाउँपालिका | १८,६०१ |
| ११ | नेत्रावती डबजोङ गाउँपालिका | १२,१८८ |
| १२ | खनियाबास गाउँपालिका | १०,००४ |
| १३ | रुबीभ्याली गाउँपालिका | ९,२७२ |
| कुल | जम्मा मतदाता संख्या | २,७५,२८० |
निर्वाचन आयोगले १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम दर्ता गराएका नागरिकहरूलाई मात्र मतदान प्रक्रियामा सहभागी गराउने प्रावधान छ। धादिङमा पनि पछिल्लो समय तल्लो तहसम्म पुगेर मतदाता नामावली संकलन र अद्यावधिक गरिएको थियो।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यो संख्या अन्तिम मतदाता नामावलीको अद्यावधिक विवरण हो। मतदाता संख्यामा भएको यो बढोत्तरीले आगामी निर्वाचनमा राजनीतिक दलहरूको चुनावी रणनीतिमा पनि प्रभाव पार्ने देखिन्छ।








Apply now and unlock exclusive affiliate rewards!
That’s a great point about accessibility in shooting games – so crucial for new players! Seeing platforms like jl555 app download cater to local payment methods like GCash is smart; it lowers the barrier to entry for everyone. Really helps build a community!
such an indepth and professional article, i enjoy it, you can visit my page, the best webdesign agency in dortmund Germany https://webdesignagenturdortmund.de/ top webdesigners. Thank you