बदलिँदो जीवनशैली र खानपानले नेपालीको हाड कमजोर बन्दै, बालबालिका उच्च जोखिममा
302 पटक पढिएको
काठमाडौँ: पछिल्लो समय नेपालीहरूको शारीरिक तन्दुरुस्ती र हाडको मजबुतीमा ह्रास आउन थालेको पाइएको छ। पाका पुस्ताको तुलनामा नयाँ पुस्ताको हाड ‘काँचो’ वा कमजोर हुँदै गएका कारण सामान्य चोटपटकमा पनि गम्भीर क्षति र हड्डी भाँचिने समस्या बढ्दो छ। हाडजोर्नी विशेषज्ञहरूका अनुसार शारीरिक निष्क्रियता, अस्वस्थ खानपान र पोषणको कमी नै यसको मुख्य कारण हो।
डा. राम थापा क्षेत्रीका अनुसार अनुसार सामान्य रूपमा लड्दा वा भर्याङबाट ओर्लिंदा समेत हड्डी भाँचिनेहरूको सङ्ख्या ठूलो छ। विशेष गरी सहरिया बालबालिकाहरूको अवस्था चिन्ताजनक देखिएको छ। घर र विद्यालयमा खेलमैदानको अभावमा उनीहरू खुम्चिएर बस्नुपर्ने बाध्यता छ, जसले गर्दा शरीरको विकास र हड्डीको घनत्व बढ्न पाएको छैन। डा. थापा बालबालिकाको हातखुट्टालाई ‘खुर्सानीको बोट’ सँग तुलना गर्दै अलिकति बल पर्दा पनि भाँचिने गरेको बताउनुहुन्छ।
हाड कमजोर हुनुमा खानपानको शुद्धतामा आएको ह्रासलाई अर्को प्रमुख कारण मानिएको छ। बजारमा पाइने जङ्कफुड (तयारी खाना) को बढ्दो प्रयोग, खेतीपातीमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले खानामा पाइने प्रोटिन तथा खनिजको गुणस्तर घटेको छ। साथै, सूर्यको प्रकाशबाट टाढा रहने आधुनिक जीवनशैलीका कारण शरीरमा भिटामिन ‘डी’ को मात्रा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड भन्दा कम पाइएको छ। शारीरिक श्रम र पसिना निकाल्ने गरी व्यायाम नगर्ने, थोरै दुरीका लागि पनि सवारी साधनको प्रयोग गर्ने र लिफ्टमा निर्भर हुने बानीले हड्डीलाई जाम वा निष्क्रिय बनाउँदै लगेको चिकित्सकहरूको विश्लेषण छ।
यसका साथै मदिरा तथा सुर्तीजन्य पदार्थको सेवनले पनि हड्डीको क्षयीकरणमा मद्दत पुर्याइरहेको छ। मेरुदण्ड र हाडजोर्नीको चोटपटक समयमै उपचार नगर्दा यसले आजीवन अपाङ्गता र पक्षाघात समेत निम्त्याउन सक्ने जोखिम रहन्छ। यो सङ्कट न्यूनीकरणका लागि नियमित शारीरिक अभ्यास, क्याल्सियम र प्रोटिनयुक्त स्वस्थ खानपान, तथा योगाभ्यासलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। हाडजोर्नीको महत्त्व र यसका रोगबारे विद्यालयस्तरको पाठ्यक्रममै समावेश गरी नागरिक स्तरमा सचेतना फैलाउन आवश्यक भइसकेको छ।








Abcvipcoin, huh? Sounds interesting… and maybe a bit complicated. Crypto and betting, what’s not to love? Find more here: abcvipcoin
Alright, 4777cxgame, let’s see what you’ve got! Heard some buzz, hoping for a good time and maybe a little luck. Fingers crossed! Check it out here 4777cxgame
Start sharing, start earning—become our affiliate today!