वर्षा र हावाहुरीपछि काठमाडौंको आकाश सफा, वायु प्रदूषणमा उल्लेख्य सुधार
294 पटक पढिएको
काठमाडौं : गत सातासम्म विश्वकै प्रदूषित सहरको सूचीमा अग्रस्थानतिर देखिएको काठमाडौंको वायु गुणस्तर अहिले उल्लेख्य रूपमा सुधारिएको छ। वर्षा र हावाहुरीका कारण उपत्यकाको हावा सफा भई वातावरण स्वच्छ बनेको हो।
आइतबार दिउँसो ३ः४५ बजेको मापनअनुसार वायु गुणस्तर सूचकांकमा कीर्तिपुरमा ३३, भक्तपुरमा ३५, रत्नपार्कमा ४६, भैंसेपाटीमा ४६ तथा खुमलटारमा ४८ मापन गरिएको वातावरण विभागले जनाएको छ। यी सबै सूचकांकहरू राष्ट्रिय मापदण्डअनुसार सन्तोषजनक अवस्थामै रहेको मौसमविद्हरूको भनाइ छ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार हावाहुरी, विभिन्न स्थानमा परेको वर्षा तथा तापक्रममा आएको परिवर्तनका कारण आइतबार उपत्यकाको मौसम निकै सफा बनेको हो। उनका अनुसार सो दिन काठमाडौंको पारदर्शिता (भिजिबिलिटी) ११ किलोमिटरभन्दा बढी पुगेको थियो, जुन अत्यन्त राम्रो मानिन्छ।
यसअघि केही साताअघि भने उपत्यकाको पारदर्शिता ५ देखि ६ किलोमिटरमा सीमित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो। तुवाँलो र प्रदूषण बढेमा पारदर्शिता घट्ने हुन्छ।
हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले मौसममा सुधार देखिएको मौसमविद्हरूले बताएका छन्। आगामी केही दिन पनि पानी पर्ने सम्भावना रहेकाले वातावरण अझै सफा रहने अपेक्षा गरिएको छ।
मौसमविद् पौडेलका अनुसार फागुन १६ देखि सुरु भएको प्रिमनसुन गतिविधिका कारण बेलुकातिर असिना, मेघगर्जन, चट्यांग र हावाहुरीसहित वर्षा हुने क्रम जारी रहन सक्छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले अघिल्लो साताको अत्यधिक प्रदूषणलाई ‘मौसमी घटना’ का रूपमा व्याख्या गर्दै प्रदूषण स्थायी रूपमा नरहने बताएका छन्। उनका अनुसार मानवीय गतिविधि र मौसमीय अवस्थाले वायु प्रदूषणको मात्रा घटबढ हुने गर्दछ।








Alright, giving zwwbet a try. Seems like they’ve got a decent selection of games. I’m hoping for some big wins! Give it a spin at zwwbet!
Downloaded the 622betapp on my phone. Now I can place bets anytime, anywhere which is pretty sweet! The app functions smoothly and is super easy to use. Check the easy access by: 622betapp
Gotta say, the 722betapp is actually pretty decent. Fast loading times and a clean interface. Makes placing bets on the go a breeze. Grab it here: 722betapp.
Get paid for every referral—enroll in our affiliate program!
Hi, fam! Testing out 959betlogin. The signup was simple. It might be worth a try, but you need to see it yourself. You will have fun for sure! Get on the action 959betlogin!
Yo, Fubet777 is legit! Been using it for a while now, easy to navigate and the odds are pretty sweet. Definitely worth checking out for your gaming needs fubet777.
Boost your earnings effortlessly—become our affiliate!