नागढुङ्गा–मुग्लिन सडक विस्तारमा ‘इलेक्ट्रिक धराप’: प्राधिकरणको ढिलासुस्तीले धराशायी बन्दै यात्रा र आयोजना
296 पटक पढिएको
काठमाडौं । देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिन सडक खण्ड विस्तारको काम अहिले प्राविधिक दक्षता वा बजेट अभावले होइन, बरु सरकारी निकायबीचको सुस्त समन्वय र ‘बिजुलीका पोल’का कारण धरापमा परेको छ । सडक विभाग र नेपाल विद्युत् प्राधिकरणबीच पोल सार्ने विषयमा सम्झौता भए तापनि कार्यान्वयनको कछुवा गतिले गर्दा सडकका बीचमा ठिंग उभिएका पोलहरू अहिले यात्रुका लागि मृत्युको धराप र आयोजनाका लागि मुख्य बाधक बनेका छन् ।
विशेषगरी पूर्वी खण्डअन्तर्गत पर्ने नौबिसे, धार्के, बन्छेटार, बेल्खु र गजुरी जस्ता व्यस्त बजार क्षेत्रमा सडकको स्वरुप नै कुरुप देखिएको छ । इन्जिनियरिङको सामान्य सिद्धान्तविपरीत कतिपय ठाउँमा बिजुलीका पोललाई बीचमै छाडेर वरिपरि कालोपत्रे गरिएको छ भने कतै पोलको फेदसम्म खनेर अलपत्र छाडिँदा ती जुनसुकै बेला ढल्न सक्ने अवस्थामा छन् । यसले गर्दा दुईतर्फी सवारी आवागमनमा अवरोध मात्र पुगेको छैन, रात्रिकालीन समयमा यात्रा गर्ने चालकहरूका लागि यी पोलहरू अनपेक्षित अवरोधका रूपमा खडा भएका छन्, जसले ठूलो दुर्घटनाको जोखिम निम्त्याएको छ ।
आयोजनाका इन्जिनियर केशवराज ओझाका अनुसार प्राधिकरणले पोल सार्ने जिम्मेवारी पाएका ठेकेदारलाई परिचालन गर्न नसक्दा निर्माण कम्पनीले सडक विस्तारको अन्तिम चरणको कामलाई पूर्णता दिन पाएका छैनन् । पूर्वी खण्डमा बाँकी रहेका करिब १०० वटा पोलले गर्दा अर्बौँको लगानीमा भइरहेको सडक विस्तारको ‘फिनिसिङ’ रोकिएको छ । एउटा निकायले सडक खन्ने र अर्कोले पोल सार्न महिनौँ लगाउने परिपाटीले राष्ट्रिय गौरवको यो आयोजनाको लागत र समय दुवै बढ्ने निश्चित देखिएको छ ।
यता नेपाल विद्युत् प्राधिकरणले भने व्यवहारिक कठिनाइको तर्क अघि सारेर आफ्नो बचाउ गर्दै आएको छ । तर, फिल्डको वास्तविक अवस्था हेर्दा समन्वयको अभाव स्पष्ट झल्किन्छ । सम्झौताअनुसार सडक विभागले खर्च व्यहोर्ने भए तापनि प्राधिकरणका ठेकेदारहरूको कार्यशैलीले आयोजनालाई गिज्याइरहेको भान हुन्छ । विकासका नाममा जनताले भोग्नुपरेको यो सास्ती र जोखिमपूर्ण यात्रा कहिलेसम्म अन्त्य हुन्छ भन्नेमा सरकारी अधिकारीहरू अझै मौन देखिन्छन् ।








Start profiting from your network—sign up today!
Scratch cards always felt random, but hearing about platforms like Bouncy Balls using algorithms to enhance the experience is fascinating! Makes you wonder about the tech behind the fun. Check out bouncy balls download for a next-gen gaming experience – seamless across devices sounds amazing! ✨