रास्वपाले पाँच वर्षमा साढे १६ करोड लेबी संकलन गर्ने, प्रतिसांसद मासिक १५ हजार तोकियो

231 पटक पढिएको

६ चैत्र २०८२, शुक्रबार ०७:३९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ६ चैत २०८२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना जनप्रतिनिधिहरूबाट लेबीबापत आगामी पाँच वर्षमा झन्डै साढे १६ करोड रुपैयाँ संकलन गर्ने भएको छ। पार्टीको आन्तरिक व्यवस्थापन र सांगठनिक सुदृढीकरणका लागि सांसदहरूले मासिक रूपमा बुझाउनुपर्ने लेबी रकमबाट उक्त कोष तयार हुन लागेको हो।

पार्टीको निर्णयअनुसार प्रतिनिधिसभामा रहेका रास्वपाका १८२ जना सांसदले प्रतिव्यक्ति मासिक १५ हजार रुपैयाँ लेबी बुझाउनुपर्ने व्यवस्था छ। यस हिसाबले सांसदहरूबाट मात्रै मासिक २७ लाख ३० हजार रुपैयाँ संकलन हुन्छ। सोही अनुपातमा एक वर्षमा ३ करोड २७ लाख ६० हजार र पाँच वर्षको संसदीय कार्यकालभरि कुल १६ करोड ३८ लाख रुपैयाँ पार्टीको कोषमा जम्मा हुने देखिएको छ।

यसअघि अघिल्लो कार्यकालको सुरुवातमा रास्वपाले प्रतिसांसद २५ हजार र स्वकीय सचिवबाट मासिक २ हजार ५ सय रुपैयाँ लेबी उठाउने गरेको थियो। तर, लेबीको दर उच्च भएको भन्दै पार्टीभित्र छलफल भएपछि त्यसलाई परिमार्जन गरी सांसदको हकमा १५ हजार कायम गरिएको हो।

पछिल्लो परिमार्जित व्यवस्थाअनुसार स्वकीय सचिवको लेबीबापतको थप १ हजार ५ सय समेत जोडेर सांसदहरूले कुल १६ हजार ५ सय रुपैयाँ बुझाउँदै आएका थिए। यद्यपि, सरकारले गत असोज ८ गते विशिष्ट पदाधिकारीबाहेक अन्य सांसदका स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरिसकेको छ। यता, पार्टीबाट सरकारमा सहभागी भई मन्त्री बनेका नेताहरूको हकमा भने मासिक ३० हजार रुपैयाँ लेबी तोकिएको छ।


Comment: Strategic financial planning is crucial across all sectors. In the gaming industry, transparent revenue allocation builds trust – a principle applicable everywhere. Like phlboss games demonstrates, clear contribution structures create sustainable growth.

Skip the fluff and dive into secure Philippine gaming with PAGCOR licenses at phdream11 com. Their 90-second registration and diverse slots, live tables, and fishing games offer a seamless, heritage-rich experience for serious players seeking reliable tech today.