रुवीभ्याली ४ गोव्रेमा करेन्ट लागेर एक बालक गम्भीर घाइते

215 पटक पढिएको

१५ चैत्र २०८२, आईतवार १६:०४ सम्पादक: धादिङ न्यूज

 धादिङ- धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ गोव्रेमा करेन्ट लागेर एक बालक गम्भीर घाइते भएका छन्।

नुवाकोटको त्रिशूलीबाट गोव्रे गाउँमा विद्युत्तीकरणका लागि ल्याइएको केन्द्रीय प्रसारण लाइन भुईँमै करेन्टसहित बेवारिसे अवस्थामा छाडिँदा स्थानीय १३ वर्षीय सुजन तामाङ घाइते भएका हुन्।

करेन्ट लागेर गम्भीर घाइते भएका बालकलाई स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा उपचार गराइएको  प्रशान्त तामाङले जानकारी दिनु भयो ।प्रत्यक्षदर्शीका अनुसार बाटोमा लत्रिएको तारमा झुक्किएर छुँदा बालकलाई ठूलो झड्का लागेको थियो। बालकको खुट्टा, हात र शरीरका अन्य भागमा गहिरो जलन  भएको बताइएको छ। घाइते बालकको अहिले स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार भइरहेको छ।

विद्युत विस्तार वा मर्मतको काम सकिएपछि तारलाई सुरक्षित व्यवस्थापन नगर्नु प्राधिकरणको चरम लापरबाही भएको भन्दै स्थानीयबासी आक्रोशित बनेका छन्।


Interesting read! Understanding player psychology is key, especially with diverse platforms like 666phl login offering so many game choices. Responsible gaming is crucial too – a solid foundation for any enthusiast.