गुजरातद्वारा दिल्ली १ रनले पराजित
282 पटक पढिएको
काठमाडौं, २६ चैत – भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १४औँ खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गरेको छ।
२१० रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०९ रन मात्र बनाउन सक्यो। दिल्लीका केएल राहुलले ५२ बलमा ९२ रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। गुजरातका कप्तान शुभमन गिलले ४५ बलमा ७० रनको योगदान दिएका थिए।
खेलको निर्णय अन्तिम ओभरमा पुगेको थियो। अन्तिम ६ बलमा दिल्लीलाई जितका लागि १३ रन आवश्यक थियो। पहिलो बलमा विपराज निगमले प्रसिद्ध कृष्णाको बलमा चौका प्रहार गर्दै दबाब कम गरेका थिए। तर दोस्रो बलमै उनी आउट भएपछि दिल्ली दबाबमा परेको थियो।
तेस्रो बलमा कुलदीपले एक रन लिएर स्ट्राइक डेविड मिलरलाई दिएका थिए। चौथो बलमा मिलरले छक्का प्रहार गर्दै खेललाई रोमाञ्चक बनाएका थिए। त्यसपछि दुई बलमा २ रन आवश्यक थियो।
पाँचौँ बलमा मिलरले सजिलै एक रन लिन सक्ने अवस्था हुँदाहुँदै पनि रन लिन अस्वीकार गरे, जसले खेलको दिशा बदल्यो। अन्तिम बलमा २ रन लिनुपर्ने दबाबमा रहेका दिल्लीका खेलाडी रन लिन दौडिएका थिए। सो क्रममा विकेटकिपर जोस बटलरले सिधा थ्रो गर्दै कुलदीपलाई रनआउट गरेपछि दिल्ली १ रनले पराजित हुन पुग्यो।
यस जितसँगै गुजरातले महत्वपूर्ण दुई अंक जोडेको छ भने दिल्ली पराजित भएको छ।








92dadu login process – no fuss, no muss, straight to the gaming goodness. If you’re looking for somewhere new, follow this link 92dadulogin!
7j777game is a solid choice for some gaming fun. I’ve been playing here for a while now, and they haven’t let me down. Decent wins and a good overall experience. 7j777game