कलंकीबाट चोरी भएको मोटरसाइकल ७ महिनापछि धादिङमा भेटियो
161 पटक पढिएको
धादिङ, १४ वैशाख । काठमाडौँको कलंकीबाट सात महिनाअघि चोरी भएको मोटरसाइकल धादिङको गजुरीमा फेला परेको छ । इलाका प्रहरी कार्यालय गजुरीले बेवारिसे अवस्थामा फेला पारेको उक्त मोटरसाइकल सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।
गत २०८२ साल फागुन १० गते गजुरी गाउँपालिका-१ स्थित सडक किनारमा बेवारिसे अवस्थामा बा. प्र. ०२-०२८ प ८१८४ नम्बरको मोटरसाइकल फेला परेको थियो । प्रहरीले फेला पारेको उक्त सवारीको इन्जिन र चेचिस नम्बरका आधारमा धनी पहिचानका लागि पत्राचार गरेको थियो ।
सोही क्रममा आज (२०८३ बैशाख १३ गते) धनकुटा नगरपालिका वडा नं. ७ बस्ने २८ वर्षीय रमेश राज भण्डारी आवश्यक कागजातसहित प्रहरी कार्यालयमा उपस्थित भएका थिए । उनले उक्त मोटरसाइकल २०८२ असोज ३ गते साँझ काठमाडौँको कलंकीबाट चोरी भएको जानकारी दिएका छन् ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी भण्डारीलाई उनको मोटरसाइकल हस्तान्तरण गरेको छ । ७ महिनापछि आफ्नो हराएको सम्पत्ति फिर्ता पाउँदा धनी भण्डारीले प्रहरीलाई धन्यवाद ज्ञापन गरेका छन् ।








This recovery underscores the power of meticulous data tracing and persistence. Whether tracking a physical asset or analyzing complex patterns, the principle of methodical investigation remains key. It’s a reminder that even in unpredictable systems, careful pattern recognition-much like analyzing outcomes in a winning plus slot game-can lead to a satisfying resolution.
https://shorturl.fm/I6t38