खनियावास इसाई समाजको तेस्रो अधिवेशन सम्पन्न, जोन तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
210 पटक पढिएको
धादिङ–खनियावास इसाई समाजको तेस्रो अधिवेशन तथा साधारण सभा वैशाख १४ गते सम्पन्न भएको छ। धादिङको खनियावास क्षेत्रका इसाई धर्मावलम्बीहरूको साझा संस्थाको रूपमा रहेको यस समाजको अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो।
अधिवेशनबाट जोन तामाङ (दार्खा–३) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ। समितिको उपाध्यक्षमा फ्लिक्छा तामाङ (झार्लाङ–१), सचिवमा प्रकाश तामाङ (दार्खा–३) र कोषाध्यक्षमा मंगा तामाङ (झार्लाङ–२) चयन हुनुभएको छ।
यस्तै, कार्यसमिति सदस्यहरूमा सन बहादुर बि.के. (झार्लाङ–२), बेल बहादुर तामाङ (सत्यदेवी–५), चक्र तामाङ (झार्लाङ–१), रीता तामाङ (सत्यदेवी–५), राधिका तामाङ (दार्खा–४), बम बहादुर तामाङ (दार्खा–३) र मोती राम तामाङ (सत्यदेवी–५) निर्वाचित हुनुभएको छ।
समाजलाई नीतिगत मार्गदर्शन र आवश्यक परामर्श प्रदान गर्नका लागि एक सल्लाहकार समितिको पनि गठन गरिएको छ। के.सी. तामाङ संयोजक रहनुभएको उक्त समितिमा यो माया तामाङ, बुद्धि फ्युबा, जित बहादुर तामाङ र योबन तामाङ रहनुभएको छ। अधिवेशन समापनका अवसरमा नव-निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। उपस्थित प्रतिनिधिहरूले नयाँ कार्यसमितिको नेतृत्वमा समाजको सेवकाइ यात्रा थप प्रभावकारी, आशिषित र फलदायी बन्ने विश्वास व्यक्त गरेका छन्।








Analyzing the structure, the VIP feel of TableGameApp is evident. For deeper technical insights on maximizing play, check out tablegameapp com. Solid platform design, really impressive.
The smooth transition of leadership highlights a critical principle: strong governance structures are key to sustained community growth. Whether managing a physical society or a digital platform like beeking, clear roles and continuous engagement models ensure the mission remains impactful. Congratulations to the new committee!
https://shorturl.fm/m5ELy
https://shorturl.fm/6uYeU
https://shorturl.fm/JEgAE
https://shorturl.fm/XiEoR
https://shorturl.fm/eVVfW
https://shorturl.fm/qjw7G
https://shorturl.fm/Bp2lM
https://shorturl.fm/UiH88