संघीय निजामती सेवा विधेयकको मस्यौदाप्रति स्थानीय तहका कर्मचारीको आपत्ति
253 पटक पढिएको
काठमाडौं— संघीय निजामती सेवा विधेयक, २०८३ को मस्यौदाप्रति स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले कडा आपत्ति जनाउँदै तत्काल संशोधनको माग गरेको छ। ७५३ वटै स्थानीय तहका कर्मचारीहरूको हक-हित, सेवा सुरक्षा र वृत्ति विकासलाई विधेयकले सम्बोधन गर्न नसकेको ठहर गर्दै समितिले सरकारको ध्यानाकर्षण गराएको हो।
लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगमार्फत नियुक्त भएका कर्मचारीहरूलाई यो विधेयकले पहिचानविहीन बनाउन खोजेको समितिको आरोप छ। यसले गर्दा सेवा प्रणालीमा अन्योलता उत्पन्न हुने मात्र नभई संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूबीच सेवा-सुविधा र अवसरमा गम्भीर विभेद सिर्जना हुने देखिएको छ।
नागरिकको घरदैलोमा प्रत्यक्ष सेवा पुर्याउने आधारस्तम्भका रूपमा रहेका स्थानीय कर्मचारीहरूको मनोबल गिराउने खालका प्रावधानले समग्र प्रशासनिक संयन्त्र र सेवा प्रवाहको गुणस्तरमा समेत नकारात्मक असर पार्ने विज्ञप्तिमा उल्लेख छ। स्थानीय तहको मर्म र व्यवहारिक पक्षलाई पूर्णतः बेवास्ता गरिएको दाबी गर्दै समितिले कर्मचारीहरूको आत्मसम्मान, पेशागत सुरक्षा र स्पष्ट करियर मार्ग सुनिश्चित हुने गरी विधेयक परिमार्जन गर्नुपर्ने अडान राखेको छ। आफ्ना सुझावहरूलाई समेटेर विधेयक संशोधन नगरिए आन्दोलनका कार्यक्रमहरू अघि बढाउने चेतावनी समेत समितिले दिएको छ।








https://shorturl.fm/LVawg
https://shorturl.fm/GaaU1
https://shorturl.fm/kgFTd
This is exactly what I was looking for.
https://shorturl.fm/EAfVF
https://shorturl.fm/CxWIP