गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

261 पटक पढिएको

२६ जेष्ठ २०८३, मंगलवार ०७:२० सम्पादक: धादिङ न्यूज

धादिङ। धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र भुक्तानी लिइसक्नुपर्ने समयसीमा तोकेको हो।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३०(१) बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तिमा सात दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने कानुनी प्रावधान भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालले जानकारी दिए ।

आर्थिक वर्षको अन्त्यमा कामको चाप बढी हुने र स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली डाउन हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गाउँपालिकाले विशेष सचेतता अपनाएको छ। असार मसान्तभित्रै कर दाखिला, संघीय तथा प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गरी प्रतिवेदन बुझाउनुपर्ने र कोष तथा लेखा नियन्त्रक कार्यालयमा आन्तरिक लेखापरीक्षण कार्य सम्पन्न गरी हिसाब मिलान गर्नुपर्ने भएकाले गाउँपालिकाले यस्तो कडा कदम चालेको हो।

सूचनामा गाउँपालिकाबाट सञ्चालित सम्पूर्ण योजना तथा कार्यक्रमहरू मिति २०८३ साल असार १० गतेभित्र पूर्णरूपमा सम्पन्न गरी असार १५ गतेभित्र भुक्तानी लिइसक्न कडा निर्देशन दिइएको छ।

गाउँपालिकाले तोकिएको अवधिभित्र भुक्तानी नलिई निकासा बन्द भएको खण्डमा कार्यालय कुनै पनि किसिमले जवाफदेही नहुने स्पष्ट पारेको छ।

यो सूचना गाउँपालिकाका सम्पूर्ण विषयगत शाखा, वडा कार्यालयहरू, निर्माण व्यवसायीहरू, उपभोक्ता समितिहरू तथा सम्पूर्ण सरोकारवाला संघ-संस्थाहरूको जानकारीका लागि जारी गरिएको हो।


This emphasizes the critical importance of robust process mapping and adherence to strict fiscal deadlines. Whether managing local government accounts or complex digital ecosystems, structured compliance is paramount. It highlights that foundational system integrity, like ensuring a reliable jljl 2025 legit platform, requires meticulous planning and timely closure of all operational cycles.

Man, এই নতুন গেমগুলো খেলতে গিয়ে মনে হচ্ছে যেন সব কিছু একসাথে! বিশেষ করে লাইভ ক্যাসিনোর ব্যাপারটা দারুণ। নতুন কিছু দেখতে চাইলে 333 squid game ডাউনলোড করে একবার চেক করে দেখো। ব্যালেন্স ম্যানেজ করাটাও কিন্তু জরুরি!