कक्षा १२ को नतिजा सार्वजनिक: ६४.१३ प्रतिशत परीक्षार्थी ग्रेडेड
178 पटक पढिएको
भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ६४ दशमलब १३ प्रतिशत परीक्षार्थी ग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसअनुसार नियमिततर्फ ६९ दशमलब ७५ र आंशिकतर्फ ४२ दशमलब ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । समग्रमा ६४ दशमलब १३ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका हुन् ।
बोर्डले जनाए अनुसार नियमिततर्फ यस बर्ष तीन लाख ३२ हजार दुई सय ४१ र आंशिकतर्फ ८५ हजार नौ सय २९ गरी कुल चार लाख १८ हजार एक सय ७९ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ दुई लाख ३१ हजार सात सय ७९ र आंशिकतर्फ ३६ हजार चार सय २० जना गरी कुल दुई लाख ६८ हजार एक सय ९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।
परीक्षामा अनियमितता गरेको भन्दै बोर्डले ४० परीक्षार्थीमाथि कारबाही गरेको छ । तीमध्ये ३८ जनाको चालु खण्डका सबै विषयको परीक्षा रद्द गरिएको छ भने दुई परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै आगामी एक वर्षसम्म बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने निर्णय गरिएको छ ।
विद्यार्थीले परीक्षाफल बोर्डको वेबसाइट result.neb.gov.np र neb.gov.np, नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np, एसएमएस, आईभीआर तथा यूएसएसडी सेवामार्फत हेर्न सक्नेछन् ।
नतिजामा चित्त नबुझेका परीक्षार्थीले असार ६ गते देखि १२ गते सम्म पुनर्योगका लागि अनलाइन आवेदन दिन सक्नेछन् । यसका लागि प्रति विषय एक हजार रुपैयाँ शुल्क तोकिएको छ । कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि सञ्चालन भएको थियो ।








Playing on bet118 has been a blast. Easy to use and lots of options. I’d recommend checking it out if you’re looking for something new bet118
Gave ah88ph a go and I wasn’t disappointed. Had a good time and will probably be back soon. Give it a shot ah88ph
Been messing around on 789fcom and it’s pretty alright. Nothing groundbreaking, but a good place to chill. Might be your cup of tea 789fcom
https://shorturl.fm/bo2de