गल्छीका अधिकांश खानेपानीमा दिसाको जीवाणु फेला, महामारीको उच्च जोखिमपछि गाउँपालिकाद्वारा अलर्ट जारी
553 पटक पढिएको
धादिङ न्यूज समाचारदाता
गल्छी- धादिङ, ६ असार ।
वर्षायामको सुरुवातमै धादिङको गल्छी गाउँपालिकाभित्र वितरण भइरहेको सार्वजनिक तथा सामुदायिक खानेपानीका मुख्य मुहान र स्रोतहरूमा मानिसको दिसामा पाइने घातक जीवाणु ‘इ-कोलाई’ फेला परेको छ।
जनस्वास्थ्य कार्यालय धादिङको प्राविधिक सहयोगमा गल्छी गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको पानीको आकस्मिक प्रयोगशाला परीक्षणबाट यस्तो डरलाग्दो र संवेदनशील तथ्य बाहिर आएको हो। गाउँपालिकाले विभिन्न वडाका १६ वटा प्रमुख खानेपानी आयोजना, उपभोक्ता समिति, विद्यालयका मूल र बजार क्षेत्रका धाराको पानी संकलन गरी ल्याब टेस्ट गरेको थियो।
सार्वजनिक गरिएको आधिकारिक रिपोर्ट अनुसार परीक्षण गरिएका १६ मध्ये अधिकांश स्थानको पानी पिउनका लागि पूर्ण रूपमा असुरक्षित, प्रदूषित र जनस्वास्थ्यका हिसाबले हानिकारक पाइएको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वडा नं. १ को बलौटे खोला र घर्ती खोलाको मुख्य मुहानमै दिसाको जीवाणु भेटिएको छ। यस्तै वडा नं. २ को बेलिनिटार खानेपानी आयोजनाको मूल स्रोत तथा वडा नं. ३ को स्थानीय उपभोक्ताले प्रयोग गर्ने हिमालयन खानेपानीको मुख्य धारामा समेत यो घातक जीवाणु पुष्टि भएको छ। भौगोलिक रूपमा छरिएका अन्य क्षेत्रहरू जस्तै वडा नं. ४ को छहरा खोलाको मुहान र अदुवाबारी क्षेत्रमा वितरण गरिएको धाराको पानीमा समेत रिपोर्ट पोजेटिभ देखिएको छ। अझ बजार क्षेत्र र शैक्षिक संस्थाहरू समेत यसबाट अछुतो नरहेको प्रतिवेदनले प्रतिवेदनले स्पष्ट पारेको छ ।
वडा नं. ६ को ब्यस्त बैरेनी बजारस्थित धिताल डेरीको सार्वजनिक धारा, वडा नं. ७ को भल्टार खानेपानी आयोजनाको उपभोक्ता धारा, र वडा नं. ८ स्थित गोगनपानी माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकले पिउने मुख्य मुहानको पानीमा समेत इ-कोलाई भेटिनुले बालस्वास्थ्य र आम नागरिकको जीवन गम्भीर जोखिममा परेको छ ।
गल्छी वडा नं. ६ को गाउँपालिका कार्यालयको डिप बोरिङ, भट्टार डिप बोरिङ, जुडी खोला बैरेनी खानेपानीका दुवै मुहान, बेलिनिटारकै सिमलधारी मुहान र त्रिशुली नदी किनारको बोरिङ पानीमा भने यो जीवाणु फेला नपरेको प्रतिवेदनमा उल्लेख छ ।
जनस्वास्थ्य विज्ञहरूका अनुसार पानीमा फिकल कोलिफर्म वा इ-कोलाई देखिनुको सिधा प्राविधिक अर्थ पानीको मुहानमा मानिस वा जनावरको दिसा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मिसिनु हो। वर्षाको समयमा खुला ठाउँमा गरिने शौच, झाडी तथा पाखापखेराको फोहोर पानीसँगै बगेर खानेपानीको मुख्य मुहानमा पुग्ने गर्दछ।
खानेपानी उपभोक्ता समितिहरूले मुहानको नियमित सरसफाइ नगर्ने, पानी भण्डारण गर्ने रिजर्भ ट्याङ्कीलाई सुरक्षित नराख्ने र पानीको वैज्ञानिक शुद्धीकरण अर्थात् क्लोरिन वा ब्लीचिङ पाउडरको प्रयोग नगर्दा यो जीवाणु सिधै रोगको संवाहक बनेर नागरिकको भान्छासम्म आइपुगेको हो। यो जीवाणुयुक्त पानी सिधै पिउँदा हैजा, कडा खालको झाडापखाला, टाइफाइड, आउँ र पेटको गम्भीर संक्रमण हुन सक्छ। विशेष गरी रोगप्रतिरोधात्मक क्षमता कम भएका बालबालिका, गर्भवती महिला र वृद्धवृद्धाहरूमा यसले महामारीको रूप लिएर ज्यानै समेत जान सक्ने जोखिम रहन्छ। विद्यालयकै मुहानमा यो जीवाणु भेटिनुले सयौँ बालबालिकाहरू प्रत्यक्ष रूपमा महामारीको मुखमा परेका छन्।
यो भयावह र संवेदनशील स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै गल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालले कडा चेतावनीसहितको सार्वजनिक सूचना जारी गर्नुभएको छ। गाउँपालिकाले सम्पूर्ण नागरिकहरूलाई अबका दिनमा जतिसुकै कञ्चन वा सफा देखिए पनि कुनै पनि मुहान वा धाराको पानी सिधै नपिउन कडा निर्देशन दिएको छ। सुरक्षित रहनका लागि पानीलाई कम्तीमा १० देखि १५ मिनेटसम्म अनिवार्य रूपमा राम्ररी उमालेर, वा फिल्टर गरेर मात्र पिउने बानी बसाल्न भनिएको छ। उमाल्न सम्भव नभएका स्थानहरूमा पानीमा पियुष, क्लोरिन झोल वा ब्लीचिङ पाउडरको उचित मात्रा प्रयोग गरेर मात्र पिउन जनस्वास्थ्य शाखाले अनुरोध गरेको छ।
यसैगरी पालिकाले सबै खानेपानी उपभोक्ता समितिहरूलाई तत्काल आ-आफ्नो क्षेत्रका मुहान, ट्याङ्की र वितरण पाइपलाइनको प्राविधिक जाँच गरी नियमित सरसफाइ र क्लोरिनेसन गर्न निर्देशन दिएको छ। मुहान वरपर सर्वसाधारण वा जनावर जान नमिल्ने गरी तत्काल घेराबन्दी गर्न र सर्वसाधारणलाई घरमा पानी राख्ने भाँडाहरू नियमित सफा राख्न भनिएको छ। गाउँपालिकाले पानी र स्वास्थ्यसँग जोडिएका कुनै पनि आकस्मिक समस्या, संक्रमण वा सोधपुछका लागि स्वास्थ्य शाखाको मोबाइल नम्बर ९८४९००२८१३ मा सिधै सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। वर्षायामभरि पानीजन्य रोगको प्रकोप बढ्ने हुँदा नागरिक स्वयं सचेत भई पानी शुद्धीकरण गरेर पिउने र व्यक्तिगत सरसफाइमा ध्यान दिएमा मात्र सम्भावित ठूलो महामारीबाट जोगिन सकिने जनस्वास्थ्य कार्यालय धादिङको भनाइ छ।










It’s fascinating how probability drives everything, even entertainment! Seeing platforms like JILI88 focus on data integrity & fair play is a good sign. Secure access via jili88 login seems key for a legit experience, especially with KYC protocols. Interesting stuff!
https://shorturl.fm/mK1rp
https://is.gd/d7aUgB