जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश
186 पटक पढिएको
काठमाडौं । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आज भएको खेलमा जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो ।
खेलमा पहिलो अग्रता भने जर्मनीले लिएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमा लेरोय सानेले गोल गरेपछी जर्मनीले अग्रता लिएको हो । त्यसपछि खेलको नवौँ मिनेटमा इक्वेडरका निल्सन एङ्गुलोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको ७७ औँ मिनेटमा इक्वेडरका अर्का खेलाडी लियोगोन्जालो प्लाटाले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाए ।
उनले खेलको सातौँ मिनेट र ६४ औँ मिनेटमा गोल गरेका हुन् । समूह ‘इ’ मा इक्वेडरसँग पराजित भएको जर्मनी छ अङ्क जोड्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ भने समान अङ्क बनाएको आइभोरी कोस्ट गोलअन्तरका आधारमा उपविजेता बन्दै नकआउटमा प्रवेश गरेको छ । त्यस्तै इक्वेडर पनि तेस्रो भएका टोलीमध्ये उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा पुगेको छ । इक्वेडरले चार अङ्क बनायो । एक अङ्क जोडेको कुरासाओ भने प्रतियोगिताबाट बाहिरिएको छ ।








https://shorturl.fm/824xN
I was skeptical until I tried jilikkk app game; the mobile-first retention stats were right, and the 1.2s login speed is legit for PH players seeking real value without browser lag today.
https://shorturl.fm/bDul2