मुद्दा फर्छ्योटमा धादिङ जिल्ला अदालतको प्रगति, सम्बन्ध विच्छेदका ५५२ मुद्दा किनारा लागे भने ३३ करोड जरिवाना उठ्न बाँकी
142 पटक पढिएको
धादिङबेसी । धादिङ जिल्ला अदालतले आफ्नो मुद्दा फर्छ्योट तथा फैसला कार्यान्वयनको पछिल्लो विस्तृत प्रगति विवरण सार्वजनिक गरेको छ। अदालतले दिएको जानकारी अनुसार दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै चाप सम्बन्ध विच्छेद अर्थात् डिभोर्सका मुद्दामा देखिएको छ।
अदालतका अनुसार हाल विचाराधीन अवस्थामा रहेका मुद्दाहरूलाई प्रकृतिका आधारमा विभिन्न चारवटा मार्गमा वर्गीकरण गरी न्याय सम्पादन प्रक्रिया अघि बढाइएको छ। जसमध्ये तीन सय ७९ वटा मुद्दा सरल मार्ग अर्थात् छ महिनाभित्र किनारा लगाउनुपर्ने प्रकृतिका रहेका छन्। त्यस्तै छ देखि १२ महिनाभित्र किनारा लगाउनुपर्ने सामान्य मार्गका ७६ वटा मुद्दा, एक वर्षभन्दा माथिका विशेष मार्गका ४२ वटा मुद्दा र दुई वर्ष नाघेका तीन वटा मुद्दा विचाराधीन रहेका छन्।
अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका ६ सय ५३ वटा मुद्दा रहेका छन्। जसमध्ये पाँच सय ५२ वटा मुद्दा फर्छ्योट भइसकेका छन् भने एक सय एक वटा मुद्दा मात्रै फर्छ्योट हुन बाँकी रहेको अदालतले जनाएको छ। यस्तै अन्य विभिन्न शीर्षकअन्तर्गत दर्ता भएका मुद्दामध्ये लागूऔषधका ५४ मुद्दामध्ये ४० वटा र करणीसम्बन्धी कसुरका ३७ मुद्दामध्ये २२ वटा मुद्दा फर्छ्योट भएका छन्। ज्यानसम्बन्धी कसुरका ३० मुद्दामध्ये २३ वटा, सवारी ज्यानका ४३ मुद्दामध्ये २४ वटा र अंश मानाचामलका एक सय ४९ मुद्दामध्ये ८१ वटा मुद्दा किनारा लागेका छन्। यसैगरी घरेलु हिंसाका १४ मुद्दामध्ये १० वटा, चेक अनादरका २५ मुद्दामध्ये १५ वटा तथा अन्य विविध शीर्षकका पाँच सय ११ मुद्दामध्ये दुई सय ४९ वटा मुद्दा फर्छ्योट भइसकेका छन्।
अदालतले फैसला भइसकेका मुद्दाहरूको कार्यान्वयनतर्फ पनि तथ्याङ्क सार्वजनिक गरेको छ। कैद सजाय सम्बन्धी कुल चार सय ३७ वटा मुद्दामध्ये दुई सय ५६ वटा फर्छ्योट भइसकेका छन् भने एक सय ८१ वटा मुद्दा फर्छ्योट हुन बाँकी रहेका छन्। त्यसैगरी जरिवानातर्फ अदालतको कुल वित्तीय दायित्व करिब ३६ करोड ८५ लाख रुपैयाँ रहेकोमा हालसम्म करिब २ करोड ९० लाख रुपैयाँ मात्र असुल भएको छ। अझै पनि करिब ३३ करोड ९४ लाख रुपैयाँ जरिवाना रकम असुल हुन बाँकी रहेको अदालतको विवरणमा उल्लेख छ। अदालतले आफ्नो वार्षिक लक्ष्य र कार्ययोजना अनुसार न्याय सम्पादनलाई छिटो र छरितो बनाउँदै मुद्दा फर्छ्योट दरलाई थप बढाउने प्रयासलाई निरन्तरता दिइरहेको जनाएको छ।








The systematic classification of cases highlights exceptional process management. Legal efficiency is essentially robust workflow design-a concept mirroring modern UX/UI optimization. Continuous refinement and clear pathways for resolution, much like optimizing resource access via the orionplay app, are crucial for systemic success.