देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
124 पटक पढिएको
काठमाडौँ । नेपाल प्रहरीले नियमित गस्ती र विशेष चेकिङका क्रममा देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ। शुक्रबार र शनिबार चलाएको विशेष अभियानका क्रममा काठमाडौँ उपत्यकासहित देशका १० वटा जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट विभिन्न प्रकारका अवैध लागुऔषध र चिकित्सकको सिफारिसमा मात्र खरिद–बिक्री गर्न पाइने नियन्त्रित औषधिहरू बरामद गरिएको छ। बरामद गरिएका पदार्थहरूमा खैरो हेरोइन र गाँजाका साथै ठुलो परिमाणमा नोर्फिन, डाइजेपाम, फेनारगन, ट्रामाडोल, स्पास्पेन र प्रेगाब्लिनलगायतका औषधिहरू रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई काठमाडौँ, ललितपुर, पर्सा, मकवानपुर, सुनसरी, उदयपुर, सङ्खुवासभा, दाङ, कैलाली र धनगढीका विभिन्न शङ्कास्पद स्थानहरूबाट गस्तीमा रहेको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका सबै जनालाई सम्बन्धित जिल्लाको हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।








https://shorturl.fm/8ExZe
https://shorturl.fm/uvuMW
https://shorturl.fm/91UIC
https://shorturl.fm/1ItVS