पोखराका व्यवसायी ठग्ने सिन्धुपाल्चोकका योञ्जन धादिङमा पक्राउ
204 पटक पढिएको
धादिङ, २८ असार – धादिङको धुनीबेंसीमा ६५ हजार अमेरिकी डलर साटिदिने भन्दै एक वृद्ध व्यवसायीलाई झुक्याएर ११ लाख ७५ हजार रुपैयाँ नगद र सुनका गरगहना ठगी गर्ने मुख्य अभियुक्त प्रहरीको फन्दामा परेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटाका ६९ वर्षीय सुनचाँदी व्यवसायी थमानसिंह विश्वकर्मालाई फोनमार्फत प्रलोभनमा पारेर धादिङको धुनीबेंसी नगरपालिका–८ चुलीडाँडास्थित एकान्त स्थानमा बोलाइएको थियो। त्यहाँ पुगेपछि डलर साट्दा ठूलो फाइदा हुने भन्दै पीडित विश्वकर्माको साथमा रहेको नगद ११ लाख ७५ हजार रुपैयाँ, एक तोलाको सुनको बेरुवा औँठी र आधा तोलाको बक्स औँठी लिएर ठगहरूले डलरको सट्टा खाली कागजको बन्डल थमाई फरार भएका थिए।
आफू ठगिएको थाहा पाएलगत्तै पीडितले जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको समन्वयमा खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने ३७ वर्षीय बुद्धि बहादुर योञ्जनलाई असार २६ गते पक्राउ गरेको हो। उनलाई धादिङ र काठमाडौंको सीमा क्षेत्र धुनीबेंसी नगरपालिका–९ झ्याप्लेखोलाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले अभियुक्त योञ्जनको साथबाट घटनामा प्रयोग भएको बा.प्र.०२–०६७ प ६२६३ नम्बरको पल्सर मोटरसाइकल, एउटा आइफोन ११ प्रो म्याक्स मोबाइल र पीडितलाई झुक्याउन प्रयोग गरिएको खाली कागजको बन्डल समेत बरामद गरेको छ। पक्राउ परेका योञ्जनविरुद्ध ठगी मुद्दा दर्ता गरी धादिङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखिएको छ। यस आपराधिक घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य र थप अनुसन्धान तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।








Alright guys, just checked out gàchoi c1.com! Seems like a solid place for some online action. Good luck out there! Check it out here: gàchoi c1.com
Still rocking the *b29.bet 2022* version? It’s legit here. I’m still using it, gets the job done! Find it here: b29.bet 2022
gà chọi c1.com trực tiếp 888… this can be hit or miss. But on its good days, it’s GREAT. Worth a look if you’re hunting for the best quality streams. Hope you’re lucky! See this link: gà chọi c1.com trực tiếp 888
https://shorturl.fm/ujvC8