सेवा निवृत्त हुनुभएका राममणि मिश्रलाई जिल्ला प्रशासन कार्यालयको तर्फबाट मायाको चिनो दिएर विदाई
152 पटक पढिएको
धादिङ । लामो समयसम्म निजामती सेवामा रहेर राष्ट्र र जनताको सेवा गर्नुभएका जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्र सेवा निवृत्त हुनुभएको छ । ३७ वर्ष लामो सेवा अवधि पूरा गरी केही दिनअघि सेवा निवृत्त हुनुभएका मिश्रलाई जिल्ला प्रशासन कार्यालयको तर्फबाट एक विशेष समारोहका बीच विदाई गरिएको छ ।
विदाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेले सेवा निवृत्त हुनुभएका मिश्रलाई कार्यालयको तर्फबाट प्रशंसा-पत्र र मायाको चिनोको रूपमा परम्परागत करुवा प्रदान गर्नुभएको थियो ।
अवकाश प्राप्त मिश्रले विक्रम संवत् २०४५ सालतिर खरिदार पद बाट आफ्नो निजामती सेवाको यात्रा सुरु गर्नुभएको थियो । ३७ वर्षको लामो सेवाकालका दौरान उहाँले विभिन्न सरकारी कार्यालयहरूमा रहेर सेवा गर्नुभयो ।
मिश्रले धादिङको सिद्धलेक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत र कारागार कार्यालय धादिङको कार्यालय प्रमुख जस्तो जिम्मेवार पदको कुशलतापूर्वक वहन गर्नुभएको थियो । यसका साथै उहाँले लामो समय जिल्ला प्रशासन कार्यालय धादिङमा रहेर नागरिकहरूलाई सरल र सहज रूपमा सेवा प्रवाह गर्दै आउनुभएको थियो ।
विदाई कार्यक्रममा उपस्थित सहकर्मी कर्मचारीहरूले अधिकृत मिश्रलाई दुवोको माला, अबिर र खादा ओढाएर सम्मान गरेका थिए । लामो समय सम्म सँगै काम गरेका र मार्गदर्शकका रूपमा रहेका मिश्रको विदाई हुँदा उपस्थित कर्मचारीहरू निकै भावुक बनेका थिए ।
कार्यक्रममा प्रजिअ लक्ष्मी गौतम पाण्डेले मिश्रको इमानदारिता, निष्ठा र प्रशासनिक कार्यकुशलताको प्रशंसा गर्दै उहाँको बाँकी जीवन स्वस्थ र सुखमय रहोस् भनी कामना गर्नुभयो ।
विदाई समारोहमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी, विभिन्न शाखाका कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो । सेवा निवृत्त मिश्रले पनि आफ्नो सेवाकालभरि सहयोग पुर्याउने सम्पूर्ण कर्मचारी, सञ्चारकर्मी र धादिङवासी आम नागरिकप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।








Yo, check this out-the product info is deep, but remember to play smart! Don’t just click random links; always vet things first. Seriously look into 9666 ডাউনলোড apk before dropping cash. Stay safe out there! 😬
https://shorturl.fm/v5pKD
https://shorturl.fm/pqu7x