रोपाइँमा गएका १५ जना बिरामी परेपछि ज्वालामुखी गाउँपालिकाद्वारा स्वास्थ्य सतर्कता अपनाउन सार्वजनिक अपिल
152 पटक पढिएको
धादिङ। धादिङको ज्वालामुखी गाउँपालिका–६ स्थित मिलनटोल क्षेत्रमा धान रोपाइँमा गएका कृषकहरू एकाएक बिरामी परेको घटनापछि अस्पताल भर्ना भएका सबै १५ जनाकै स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको छ।
गत साउन ९ गते रोपाइँका क्रममा गएका एक बालक, आठ पुरुष र सात महिला गरी १५ जना कृषकहरूमा टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने तथा झाडापखाला जस्ता स्वास्थ्य समस्या देखिएको थियो। बिरामीहरूलाई सुरुमा साँधभञ्ज्याङस्थित स्थानीय स्वास्थ्य संस्थामा लगेर प्राथमिक उपचार गराइएको थियो। लगत्तै थप उपचारका लागि उनीहरूलाई धादिङ अस्पताल रिफर गरिएकोमा अहिले सबै बिरामीको स्वास्थ्य अवस्था क्रमशः सुध्रिँदै गएको गाउँपालिकाले जनाएको छ।
आगामी दिनमा यस्तो खाले घटना दोहोरिन नदिन ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनै र निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. सुलभ श्रेष्ठले छुट्टाछुट्टै सार्वजनिक सूचना तथा अपिल जारी गर्दै सम्पूर्ण गाउँवासीलाई सम्भावित स्वास्थ्य जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। पालिकाले नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै उमालेर वा शुद्धीकरण गरिएको सुरक्षित पानी मात्र पिउन, ताजा तथा राम्रोसँग पकाइएको खाना खान र बासी, सडेगलेका वा अस्वस्थकर खानेकुराबाट बच्न अनुरोध गरेको छ।
वर्षायाम र धान रोपाइँको मौसम भएकाले खेतीपातीमा कीटनाशक तथा विषादीको प्रयोग गर्दा झनै विशेष सावधानी अपनाउन पालिकाले सचेत गराएको छ। खानेपानीका मुहान, कुवा, धारा र अन्य जलस्रोत वरपर झार मार्ने वा अन्य रासायनिक विषादी प्रयोग नगर्न आग्रह गर्दै गाउँपालिकाले व्यक्तिगत सुरक्षा सामग्री (मास्क, पन्जा) प्रयोग गरेर मात्र विषादी छर्कन र प्राविधिकको सल्लाहबिना अन्धाधुन्ध प्रयोग नगर्न सुझाएको छ।
गाउँपालिकाले नागरिकहरूको स्वास्थ्यप्रति आफूहरू पूर्ण रूपमा संवेदनशील र प्रतिबद्ध रहेको जनाउँदै कसैलाई पनि टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने वा पखाला लाग्ने जस्ता लक्षण देखिएमा घरमै नलुकाई तत्काल नजिकैको स्वास्थ्य संस्था वा गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरी उपचार गराउन अपिल गरेको छ।








Appsx66, downloading now! Ready to dive in and see what this app is all about. Hoping for some good entertainment. Get your download on at appsx66
Vuagaazad, huh? Sounds intriguing. Gonna give it a whirl and see if it lives up to the name. Adventure awaits! Find it here vuagaazad
Alright, 4777cxgame, let’s see what you’ve got! Heard some buzz, hoping for a good time and maybe a little luck. Fingers crossed! Check it out here 4777cxgame
https://shorturl.fm/fqAJO