बिस २०८३ साउन १३ गते बुधबारको राशिफल
78 पटक पढिएको
आजको राशिफल बिस २०८३ साउन १३ गते बुधबार ईस २०२६ जुलाई २९ नेपाल सम्बत ११४६ दिल्लाथ्व पुन्हि, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल पुर्णिमा, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, प्रीति योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २५ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५६ मिनेटमा बजे हुनेछ ।
आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज आज गुरु पूर्णिमा र व्यास जयन्ती तथा विश्व बाघ दिवस परेको छ ।
मेष राशि(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धन लाभको सम्भावना छ । तर, खर्च नियन्त्रण आवश्यक देखिन्छ । यात्रा सफल हुनेछ । आत्मविश्वास बढ्नेछ । नयाँ अवसर पाइनेछ ।
वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पारिवारिक सहयोग मिल्नेछ । आय स्थिर रहनेछ । अनावश्यक खर्च घटाउनुपर्ने बेला छ । छोटो यात्रा लाभदायी रहला ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज नयाँ अवसरहरूले ढोका ढक्ढक्याउन सक्छन् । साथीभाइ र सहकर्मीको सहयोगले गाह्रा र जटिल मानिएका कामहरू पनि सजिलै सुल्झिनेछन् । वैदेशिक क्षेत्र वा टाढाको काममा प्रगति हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
खर्च बढ्ने योग छ । आम्दानी सामान्य रहला । धैर्य गर्नुपर्ने बेला छ । यात्रामा सावधानी अपनाउनुहोस् । नयाँ योजनाले पछि लाभ दिनेछ ।
सिंह राशि(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मान–प्रतिष्ठा वृद्धि हुनेछ । आर्थिक लाभको सम्भावना छ । रोकिएको काम पूरा हुनेछन् । नयाँ जिम्मेवारी उत्साहपूर्वक स्वीकार गर्नुहोस् ।
कन्या राशि(टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आम्दानीभन्दा खर्च बढी हुन सक्छ । बचतमा ध्यान दिनुस् । यात्राको योग छ । अवसरलाई धैर्यपूर्वक मूल्यांकन गर्दा लाभकारी बन्ला ।
तुला राशि(र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
साझेदारी व्यवसायबाट लाभ हुनेछ । आर्थिक उन्नतिको संकेत छ । नयाँ सम्पर्क उपयोगी रहला । निर्णय आत्मविश्वासका साथ लिनुहोस् ।
वृश्चिक राशि(तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धनलाभको अवस्था मध्यम रहला । विवाद टार्नुहोस्, काममा सफलता मिल्नेछ । यात्रा लाभदायी हुनेछ । स्वास्थ्यमा सतर्कता अपनाउने बेला छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भाग्य साथ दिनेछ, आम्दानी बढ्नेछ । नयाँ अवसर प्राप्त होला । धार्मिक यात्राको सम्भावना छ । परिवारबाट प्रेरणा र सहयोग मिल्नेछ ।
मकर राशि(भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आर्थिक निर्णय सोचेर लिनुहोस्, खर्च नियन्त्रण आवश्यक देखिन्छ । यात्रा स्थगित उपयुक्त हुनेछ । धैर्यले भविष्यमा लाभ दिलाउनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यापारिक लाभको सम्भावना छ । आम्दानी स्रोत नयाँ पाइनेछ । यात्रा सफल हुनेछ । आत्मविश्वासले उपलब्धि बढाउने सम्भावना छ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
खर्च बढे पनि आम्दानी राम्रै रहला । यात्रा शुभ हुनेछ । नयाँ आर्थिक अवसर आउँदा हतारिनुको साटो सुझबुझसहित निर्णय लिनु हितकर हुनेछ ।














https://shorturl.fm/ALkkG