प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहद्वारा राष्ट्रका नाममा विशेष सम्बोधन
102 पटक पढिएको
काठमाडौँ। देशका विभिन्न भागमा विकसित हालैका संवेदनशील घटनाक्रम र सामाजिक अशान्तिलाई सम्बोधन गर्दै देशको प्रधानमन्त्री पद सम्हालेयता पहिलो पटक बालेन्द्र शाह (बालेन) ले राष्ट्रका नाममा विशेष सम्बोधन गर्नुभएको छ।
प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि सम्बोधनमार्फत सिङ्गो देशलाई एकै ठाउँमा ल्याउने प्रयास स्वरूप उहाँले यो विशेष कदम चाल्नुभएको हो।
सुनसरीको देवानगन्ज र सिराहा लगायतका क्षेत्रमा उत्पन्न दुःखद घटना र अशान्त वातावरणलाई लिएर उहाँले गम्भीर चिन्ता व्यक्त गर्नुभयो। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क र तीव्र उपचारका लागि स्वास्थ्य निकायहरूलाई निर्देशन दिइसकिएको जानकारी दिनुभयो।
प्रधानमन्त्री शाहले घटनाको निष्पक्ष र पारदर्शी छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरिसकेको र दोषी जोकोही भए पनि कानुनी कठघरामा ल्याइने स्पष्ट पार्नुभयो। देशको समग्र शान्ति सुरक्षालाई मजबुत बनाउन राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी ठोस निर्णयहरू भइसकेको र प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न गृहमन्त्री स्वयम् घटनास्थल पुगिसक्नुभएको उहाँको भनाइ छ।
प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो औपचारिक सम्बोधनमै उहाँले सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह, अपुष्ट सूचना र साम्प्रदायिक घृणाप्रति कडा चेतावनी दिनुभयो। आधिकारिक तथ्यमा मात्र विश्वास गर्न नागरिकहरूलाई अपिल गर्दै उहाँले सदियौँदेखि कायम रहेको सामाजिक सद्भाव र भाइचारा खल्बल्याउने अराजक तत्वहरूप्रति सरकार कठोर रूपमा प्रस्तुत हुने बताउनुभयो।
सम्बोधनको अन्त्यमा उहाँले विशेष रूपमा मैथिली भाषामा अपिल गर्दै नागरिक समाज, राजनीतिक दल, धार्मिक अगुवा र सञ्चारमाध्यमहरूलाई धैर्यता अपनाउन आग्रह गर्नुभयो। “संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा र विभाजन सिकाउँदैन,” भन्दै प्रधानमन्त्री शाहले नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन र राष्ट्रिय एकता कायम राख्न सम्पूर्ण देशवासीलाई जिम्मेवार बन्न आह्वान गर्नुभयो।








The focus on ‘fast access’ is noted, but remember that true player experience hinges on transparent risk assessment, not just slick navigation. Always vet the platform’s security architecture first. Check out 234win 444 for a holistic view.