धादिङका पूर्वाधार योजनाको प्रगति ८५ प्रतिशत पुर्याउने कार्यालय प्रमुखहरूको प्रतिबद्धता
124 पटक पढिएको
धादिङ । धादिङ जिल्लामा सञ्चालित सबै प्रकारका पूर्वाधार तथा विकास निर्माणका आयोजनाहरूको भौतिक तथा वित्तीय प्रगति कम्तीमा ८५ प्रतिशत पुर्याइने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङमा आयोजित वार्षिक समीक्षा तथा योजना सार्वजनिक कार्यक्रममा सरोकारवाला विषयगत कार्यालयका प्रमुखहरूले चालु आर्थिक वर्ष २०८३/८४ मा सो लक्ष्य हासिल गर्ने गरी कार्ययोजना बनाएर लागू गर्ने संयुक्त प्रतिबद्धता जनाएका हुन्।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेको अध्यक्षतामा साउन १५ गते शुक्रवार सम्पन्न उक्त समीक्षा बैठकमा प्रदेश तथा संघीय सरकार मातहतका खानेपानी, सिँचाइ, जलाधार, शहरी विकास तथा पूर्वाधार कार्यालयहरूले गत आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्नुका साथै चालु वर्षका योजनाबारे जानकारी गराएका थिए। कार्यक्रममा बोल्दै धादिङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य बोधनारायण श्रेष्ठले सडक, भवन, खानेपानी र सिँचाइ जस्ता नागरिकसँग प्रत्यक्ष जोडिने आयोजनाहरूको कार्यान्वयनमा विशेष ध्यान दिन र निर्माण कार्यलाई तीव्रता दिन आग्रह गर्नुभयो।
समीक्षाका क्रममा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नौबिसे-मुग्लिन सडक खण्डमा देखिएका अवरोधबारे पनि चर्चा गरिएको थियो। विद्युत्तका पोलहरू अझै स्थानान्तरण नहुनु र समयमा ‘बिटुमिन’ को अभाव हुनुले सोचेअनुसार काम अघि बढ्न नसकेको जानकारी गराइएको थियो।
बैठकले उपभोक्ता समिति तथा ठेक्का प्रणालीमार्फत सञ्चालन हुने सम्पूर्ण योजनाहरूको प्रभावकारी अनुगमन गर्ने निर्णय गरेको छ। जसका लागि कार्यस्थलमै अनिवार्य रूपमा ‘अनुगमन पुस्तिका’ राख्नुपर्ने र अनुगमनकर्ताले स्पष्ट सुझाव तथा निर्देशन दर्ता गर्नुपर्ने व्यवस्था मिलाइने भएको छ। साथै, योजना सम्झौता प्रक्रिया र त्यसपछिको कार्यान्वयन अवधिलाई प्रष्ट रूपमा विभाजन गरी तोकिएको समयभित्र पारदर्शी रूपमा काम सम्पन्न गर्न सरोकारवालाहरूले जोड दिएका छन्। उक्त समीक्षा कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरू बोधनारायण श्रेष्ठ र आशिका तामाङ, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू तथा विषयगत कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो।








Secure and fast. I appreciate how easy it is to manage my account and deposit funds without any hassle. Go to u8888betlogin
Seriously, the mobile focus mentioned in the description is huge. It feels way more polished than some others I’ve tried. Check out pg gundam download apk-you won’t believe the speed!
https://shorturl.fm/seLos