भदौमा ११ दिन सार्वजनिक बिदा: तीनपटक लगातार तीन-तीन दिन सरकारी कार्यालय बन्द हुने

166 पटक पढिएको

२७ श्रावण २०८३, बुधबार ०९:५७ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, २६ साउन । आगामी भदौ महिनामा निजामती तथा सरकारी कार्यालयहरूमा ११ दिन सार्वजनिक बिदा पर्ने भएको छ। विभिन्न चाडपर्वका सार्वजनिक बिदा र नियमित साप्ताहिक बिदा एकै ठाउँमा जुध्न पुग्दा महिनाभर तीनपटक लगातार तीन-तीन दिन सरकारी सेवा पूर्ण रूपमा ठप्प रहनेछ।

नेपाल सरकारले तय गरेको बिदाको सूची अनुसार भदौ महिनामा विविध सांस्कृतिक तथा धार्मिक पर्वहरू परेका छन्। भदौ १२ गते रक्षाबन्धन पर्व (जनैपूर्णिमा) को सार्वजनिक बिदा परेको छ। त्यसको लगत्तै भदौ १३ गते शनिबार र १४ गते आइतबारको नियमित साप्ताहिक बिदा परेकाले महिनाको सुरुवातमै पहिलोपटक लगातार तीन दिन सरकारी कार्यालयहरू बन्द हुनेछन्।

त्यसैगरी भदौ १९ गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ। त्यसपछि लगत्तै भदौ २० गते शनिबार र २१ गते आइतबार परेकाले दोस्रोपटक पनि लगातार तीन दिनसम्म सर्वसाधारणले सरकारी सेवा पाउने छैनन्।

महिनाको अन्तिम साता पनि उस्तै सातान्त बिदाको योग परेको छ। भदौ २७ गते शनिबार र २८ गते आइतबारको नियमित साप्ताहिक बिदापछि भदौ २९ गते हिन्दू नारीहरूको महान् पर्व हरितालिका  को सार्वजनिक बिदा परेको छ। यसरी महिनाको अन्त्यमा पनि तेस्रोपटक लगातार तीन दिन सरकारी कामकाज ठप्प हुनेछ।

एकै महिनामा ११ दिन बिदा पर्ने र त्यसमा पनि तीनपटकसम्म लगातार तीन-तीन दिन कार्यालय बन्द हुने भएकाले सेवाग्राहीले आफ्नो प्रशासनिक तथा सरकारी काम समयमै मिलाएर मात्र गन्तव्यतर्फ लाग्नुपर्ने देखिन्छ।


[4609]vip788 | Link Vào Chính Thức – Tải App Và Hướng Dẫn Chơi Baccarat,vip788 cung cấp link truy cập chính thức, hỗ trợ tải app APK nhanh chóng và hướng dẫn nạp tiền qua Momo tiện lợi. Khám phá luật chơi nổ hũ chi tiết ngay hôm nay. visit: vip788