धार्मिक जगत्‌बाट नयाँ सन्देश: शान्ति र सहअस्तित्वको जगमा धादिङलाई नमुना बनाउने सामूहिक सङ्कल्प

182 पटक पढिएको

२७ श्रावण २०८३, बुधबार २१:०८ सम्पादक: धादिङ न्यूज

धादिङ-बहुसांस्कृतिक र बहुधार्मिक विशेषता बोकेको धादिङ जिल्लाले जातीय तथा धार्मिक सद्भावको एक उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। धार्मिक आस्थाका भिन्नताहरूलाई विवाद वा द्वन्द्वको विषय नबनाई समाजको वास्तविक सामर्थ्य र पहिचानका रूपमा स्थापित गर्ने उद्देश्यका साथ धादिङबेँसीमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। नागरिक समाज धादिङको संयोजनमा आयोजित सद्भाव प्रवचन तथा नागरिक भेलाका क्रममा जिल्लाका प्रमुख चार धर्मका धर्मगुरुहरूले एउटै मञ्चमा उभिएर धादिङलाई ‘शान्ति, सद्भाव, एकता र सहअस्तित्वको नमुना जिल्ला’ बनाउने दृढ प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा उपस्थित विभिन्न धार्मिक परम्पराका प्रमुख तथा नागरिक समाजका प्रतिनिधिहरूले विचार व्यक्त गर्दै धर्मको बाह्य स्वरूप वा विधि फरक भए तापनि ती सबैको अन्तिम लक्ष्य भनेकै प्रेम, क्षमा, दया, सद्भाव र मानव सेवा रहेको निष्कर्ष निकालेका छन्। धार्मिक आस्थाका आधारमा समाजलाई विभाजन गर्ने, घृणा फैलाउने वा द्वेष पैदा गर्ने जस्ता सङ्कुचित सोचविरुद्ध सामूहिक रूपमा लड्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसै ऐतिहासिक अवसरमा धर्मगुरुहरूले एउटै बिरुवामा मिलेर पानी हाल्दै धार्मिक विविधताभित्रको एकता र जीवनप्रदायिनी सहकार्यको अनुपम सांकेतिक सन्देश समेत दिएका थिए।

नागरिक समाज धादिङका अध्यक्ष उत्तम कँडेलको अध्यक्षतामा सम्पन्न उक्त भेलाले मुख्य छ वटा विषयहरूलाई समेटेर एक संयुक्त प्रतिबद्धता पत्र जारी गरेको छ। उक्त प्रतिबद्धता पत्रमा सबै धर्म, समुदाय, भाषा र संस्कृतिप्रति समान सम्मान र सहिष्णु व्यवहार कायम गर्ने विषयलाई प्राथमिक स्थान दिइएको छ। जात, लिङ्ग, धर्म वा आस्थाका आधारमा हुने कुनै पनि किसिमको विभेद, अपमान र घृणात्मक कार्यलाई पूर्ण रूपमा निरुत्साहित गर्ने कुरामा सबै पक्ष सहमत भएका छन्। धार्मिक सहिष्णुता कायम राख्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन र सामाजिक सेवाका विविध क्षेत्रमा अन्तरधार्मिक संवादमार्फत एकजुट भई अघि बढ्ने साझा अठोट धर्मगुरुहरूले गरेका छन्।

सामाजिक सञ्जाल तथा सार्वजनिक मञ्चहरूमा अरूको धार्मिक आस्था र भावनामा चोट नपुग्ने गरी संयमित, मर्यादित र सम्मानजनक भाषाको प्रयोग गर्न सबै पक्ष प्रतिबद्ध भएका छन्। धर्मको नाममा फैलाउन खोजिने भ्रम, अफवाह, उत्तेजना र हिंसात्मक गतिविधिलाई सामूहिक रूपमा प्रतिवाद गर्दै शान्ति र सहअस्तित्वको प्रवर्द्धन गर्ने प्रतिबद्धता पत्रमा स्पष्ट पारिएको छ। यस ऐतिहासिक सहमतिमा विश्व हिन्दु महासंघका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, नेपाल बौद्धधर्म विश्व शान्ति चक्र संघका अध्यक्ष गंगा बहादुर लामा, धादिङ इसाई समाजका अध्यक्ष लेकबहादुर तामाङ र मुस्लिम समाज धादिङका अध्यक्ष समसुदिन मियाँले सामूहिक हस्ताक्षर गर्नुभएको छ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले फरक-फरक धार्मिक तथा सामाजिक पृष्ठभूमिका प्रतिनिधिहरूलाई एउटै थलोमा ल्याएर सहअस्तित्वलाई संस्थागत गर्न नागरिक समाजले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। नागरिक समाजको यो भेलाले उत्तम कँडेलको नेतृत्वमा नागरिक समाज धादिङलाई थप सक्रिय र संगठित बनाउँदै आगामी दिनहरूमा आम नागरिकका हकहित र सामयिक सवालहरूमा निरन्तर पैरवी तथा खबरदारी गरिरहने महत्त्वपूर्ण निर्णय समेत गरेको छ।


The numbers truly bring good energy whenever I hit my favorite table games. I love how straightforward the login process is and how quickly winnings hit my account. It feels like a trustworthy spot that actually puts player satisfaction first. I will keep coming back for more daily rewards. 77win77win1login

Downloading the app was a breeze and the interface feels super polished. I love how easy it is to navigate between my favorite slots and live dealer tables. The notifications keep me in the loop about fresh promotions too. Great work on making the mobile experience so seamless. jilievoappdownloadapk