आज नागपञ्चमीः घरका मूलढोकामा नागको फोटो टाँसी पूजाअर्चना गरिँदै

97 पटक पढिएको

१ भाद्र २०८३, सोमबार ०६:५५ सम्पादक: धादिङ न्यूज

धादिङ १,भदौ  । नागपञ्चमीका अवसरमा आज देशभर विधिपूर्वक नागको पूजाअर्चना गरी यो पर्व मनाइएको छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन परेको हो। आजका दिन घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर पूजा गर्ने परम्परा छ। घरमा नागको तस्वीर टाँस्दा वर्षभर नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट समेत जोगिन सकिने धार्मिक विश्वास रहँदै आएको छ।

वैदिककालदेखि नै नाग पूजाको प्रचलन सुरु भएको मानिन्छ, जहाँ नागलाई सर्पको राजाका रूपमा लिइन्छ। नाग रिसाएमा पानीको अभाव हुने भएकाले वर्षा र जल सन्तुलनका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीका दिन नागराजसँग ब्रह्माको सम्वाद भएकाले यो दिन नागपूजाका लागि विशेष प्रसिद्ध छ। यसका साथै घरको जगमुनि बसेका नाग रिसाएर गएमा घरको जग नै भत्कन्छ भन्ने जनविश्वासका कारण पनि घरको जग र मूलढोकामा नाग पूजा गर्ने परम्पराले निरन्तरता पाउँदै आएको हो।

वैदिक सनातन परम्परामा नागलाई भगवान् विष्णु र शिवका रूपमा पूज्ने गरिन्छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानिलाई नागकै स्वरूप मानिन्छ। प्रथम पूजाको अधिकार पाएका भगवान् श्री गणेशको एक हातमा नाग रहेको छ भने विष्णुका अवतार मानिने श्री रामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतार मानिन्छ। श्रीकृष्णले बाल्यकालमा कालीनागको दमन गरेको प्रसङ्ग पुराणहरूमा उल्लेख छ भने बुद्ध र जैन तीर्थङ्करका मूर्तिहरूमा समेत सर्पाकार मुकुट रहेको पाइन्छ। मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ भने पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा भेटिन्छ। नागको पूजा हुने घरमा लक्ष्मीको बास हुने धार्मिक मान्यता छ।

नागपञ्चमी पर्वसँग किसान र नागिनीको एक प्रख्यात किंवदन्ती पनि जोडिएको छ। एक किसानले खेत खन्ने क्रममा नागका तीनवटा बच्चा मारेपछि क्रुद्ध नागिनीले किसानका सपरिवारलाई मारिदिइन्। तर घरबाहिर रहेकी किसानकी छोरीले अनुनयविनय गरी नागिनीलाई पूजाआजा र दूध चढाएर खुसी पारिन्। छोरीको भक्तिबाट प्रसन्न नागिनीले वर माग्न भनेपछि उनले आफ्ना मातापिता र भाइहरूको जीवनदान मागिन्। नागिनीले किसान परिवारलाई ब्युँताइदिएको दिन श्रावण शुक्ल पञ्चमी नै भएकाले त्यसै समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको मानिन्छ। यसैगरी गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र वर्षसम्म तपस्या गर्दा पानी नपरेपछि गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइएको र गोरखनाथ उठेपछि नाग मुक्त भई पानी परेको प्रसङ्ग पनि शास्त्रमा पाइन्छ।

सनातन परम्परामा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गर्ने प्रचलन छ। आजका दिन पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि नाग टाँसिएपछि खेतबारीमा खनजोत नगर्ने र घिस्रने जनावरलाई नमार्ने नियम छ। आज विभिन्न नागदह, कुण्ड र नाग थानहरूमा गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका प्रसाद चढाई पूजाअर्चना गरिन्छ। वैज्ञानिक रूपमा पनि प्रकृतिमा भएका विषालु पदार्थलाई नाग र सर्पले शोषण गरी मानव जातिलाई जोगाउने अनुसन्धानले पुष्टि गरेपछि ऋषिमुनिहरूले नागपूजाको रीत बसालेको मानिन्छ। नागपञ्चमीको आगमनसँगै वैदिक सनातनी हिन्दू धर्मावलम्बीहरूको चाडबाडको याम औपचारिक रूपमा सुरु भएको छ।


[4364]jiliaaa Official Login | Best Online Slots PH with GCash Bonus,jiliaaa offers a seamless gaming experience. Download the app today to enjoy fast GCash transactions and learn how to play baccarat with ease. Join now! visit: jiliaaa

It’s great to see platforms prioritizing a secure environment – crucial for enjoying digital entertainment! Thinking about responsible gaming, exploring options like the ph958 link and their verification steps seems smart. A balanced approach is key for a fun experience!