भीमफेदीमा दुर्घटनामा उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश र रजिस्ट्रारसहित ६ जना घाइते

82 पटक पढिएको

२ भाद्र २०८३, मंगलवार १०:१९ सम्पादक: धादिङ न्यूज

मकवानपुर, भदौ २ । काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश चढेको गाडी मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको छ। भीमफेदी गाउँपालिका-६ जुरीखेलमा मंगलबार बिहान करिब ७ बजे प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०-६० मिटर तल खोल्सामा खस्दा ६ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते हुनेहरूमा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडु, उहाँकी पत्नी ४९ वर्षीया लक्ष्मी बडु, छोरा २५ वर्षीय रितेन्द्र बडु, दिदी ३१ वर्षीया रिता बडु र स्कारपियो चालक दाङ राप्ती नगरपालिका-८ का ३२ वर्षीय छुनिलाल चौधरी रहेका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर छ भने अन्य ५ जनाको अवस्था मध्यम रहेको छ। घाइतेहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको ट्राफिकसहितको टोलीले घाइतेहरूको उद्धार गरी भीमफेदी अस्पताल पठाएको थियो। उनीहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजाने तयारी भइरहेको छ।

दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको टोली पुगेर अनुसन्धान तथा मुचुल्का उठाउने काम गरिरहेको छ। दुर्घटनाग्रस्त स्कारपियो घटनास्थलमै रहे पनि सडक यातायात भने सुचारु रहेको प्रहरीले जनाएको छ।


[638]betbonanza অফিসিয়াল লগইন | সেরা অনলাইন ক্যাসিনো ও দ্রুত পেমেন্ট,betbonanza-তে আজই যোগ দিন। আমাদের অ্যাপ ডাউনলোড করে সেরা স্লট গেম খেলার নিয়ম জানুন এবং দ্রুত বিকাশ পেমেন্টের সুবিধা উপভোগ করুন। এখনই সাইন আপ করুন। visit: betbonanza