भोटेकोशी बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत शुरू

54 पटक पढिएको

२० भाद्र २०८३, शनिबार ०६:५५ सम्पादक: धादिङ न्यूज

धादिङ — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण क्षति पुगेका २० वटा झोलुङ्गे पुलको मर्मत कार्य सरकारले शुरू गर्ने भएको छ । मुग्लिनदेखि टिमुरेसम्मका ५३ वटा क्षतिग्रस्त पुलमध्ये मर्मत गर्नुपर्ने २० वटाका लागि भदौ १७ गते कार्यादेश जारी भइसकेको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हाल महेश दोभान–मास्टार, कालिकाथान-माझिटार, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको मर्मत  शुरू गरिने र  यी ५ वटा पुल १ महिनाभित्रै तयार हुने  जनाएको छ। बाँकी पूर्ण रूपमा पुनर्निर्माण गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागि पनि भदौ १७ गते नै बोलपत्र आह्वान भइसकेको छ।


I’ve tried a few sites lately and this one really stands out. The interface is smooth and the payouts are fast. Definitely my new favorite spot for some action. Check out 32vin