भोटेकोशी बाढीपीडित ४२ परिवारलाई चाइल्डफण्ड जापानको राहत सामग्री सहयोग
204 पटक पढिएको
धादिङ-धादिङको गजुरी गाउँपालिका वडा नं ५, गलौंदी होल्डिङ सेन्टरमा आश्रित भोटेकोशी बाढीबाट प्रभावित ४२ परिवारलाई चाइल्डफण्ड जापानको आर्थिक सहयोग तथा प्रयास नेपाल, धादिङको व्यवस्थापनमा आकस्मिक राहत सामग्री वितरण गरिएको छ। भदौ २४ गते आयोजित यस राहत वितरण कार्यक्रममा स्थानीय वडा कार्यालयको समेत समन्वय रहेको थियो।
बाढीपीडित परिवारका लागि हस्तान्तरण गरिएको राहत प्याकेजमा प्रेसर कुकर, कडाइ, डेग्ची, स्टिलका प्लेट, बाउल, गिलास, जग, चम्चा, पानी राख्ने बाल्टिन र प्लास्टिक बाटाजस्ता भान्साका सामग्री समावेश गरिएका छन्। यसबाहेक दैनिक सरसफाइ तथा उज्यालोका लागि रिचार्जेबल सोलार बत्ती, साबुन, डिटर्जेन्ट, टूथपेस्ट, टूथब्रस, तौलिया, पिउने पानीका दुई केस, लामखुट्टे भगाउने सामग्री र त्रिपाल पनि उपलब्ध गराइएको छ। प्रभावित परिवारमा रहेका सदस्यहरूको संख्या र उमेर समूहलाई ध्यानमा राखेर आवश्यक कपडा तथा महिनावारी हुने उमेरका महिलाहरूका लागि स्यानिटरी प्याडसमेत वितरण गरिएको छ।

यस किसिमको सहयोगले बाढीपीडित परिवारहरूको तात्कालिक आवश्यकता पूरा गर्नुका साथै विपद्पश्चातको कठिन दैनिक जीवनलाई सहज बनाउन ठुलो मद्दत पुग्ने वडाअध्यक्ष गोबिन्द लामिछानेले विश्वास व्यक्त गर्नुभएको छ। राहत हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष गोबिन्द लामिछाने, चाइल्डफण्ड जापानका एरिया म्यानेजर कविराम बाठा मगर, डी.एस अफिसर श्रीकान्त लुइटेल, प्रयास नेपालका अध्यक्ष वीर बहादुर श्रेष्ठ, पूर्व अध्यक्ष रेष्टन कँडेल, कार्यकारी निर्देशक दामोदर अर्याल, सेफ परियोजना व्यवस्थापक सन्तोष सत्याल लगायत विभिन्न संस्थाका प्रतिनिधि, कार्यसमिति सदस्य, कर्मचारी तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। चाइल्डफण्ड जापानले हाल प्रयास नेपाल धादिङसँगको साझेदारीमा यसै जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा शिक्षामा पहुँच सुनिश्चित गर्ने परियोजनासमेत सञ्चालन गर्दै आएको छ।








The app is incredibly stable and the graphics are crisp. It makes gaming on the go so much better. You should definitely give ctayaapp a try.
I have been a loyal user for months now and the experience just keeps getting better. The game library updates regularly and I always find something new to test out. Payouts arrive right on schedule and the overall vibe feels super welcoming. This has become my favorite spot to chill and play. Come check it out vnokvi